बैशाख १४ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा रासायनिक
हतियार प्रयोग भएको पुष्टि भए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ
।
सरकारी सेनाले प्रदर्शनकारीमाथि रासायनिक
हतियार प्रयोग गरेको पाइए अमेरिकाले उप्रतिको आफ्नो नीति परिवर्तन गर्ने
ओबामाले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
रासायनिक हतियार प्रयोगकाबारे अनुसन्धान
जारी रहेको ओबामाले बताउनुभएको छ । अमेरिका र बेलायतले त्यहाँ
प्रदर्शनकारीमाथि रासायनिक हतियार प्रयोग भएको आशंका गरेका छन् ।
सिरिया सरकारले भने रासायनिक हतियार
प्रयोगको आरोपको खण्डन गरेको छ । राष्ट्रसंघको तथ्याङ्क अनुसार २ वर्षदेखि
जारी हिंसामा त्यहाँ ७० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
No comments:
Post a Comment