Total Pageviews

Monday, May 6, 2013

पर्यटक बढाउन नीति परिवर्तन आवश्यक

काठमाडौ, वैशाख २३ -
सरकार र नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्र विकासका लागि दीर्घकालीन योजना कार्यान्वयन गर्न नसक्दा विदेशी पाहुनाको संख्या २०१२ को अन्तिमदेखि लगातार घट्न थालेको छ ।
पर्यटन वर्षको प्रवर्द्धनले २०१३ सम्मलाई प्रभावित गर्ने भन्दै सरकार र बोर्डले आउने समयका लागि कुनै ठोस योजना ल्याएको छैन । यो वर्षको पहिलो चौमासिकको पर्यटक आगमन तथ्यांकले यो वर्ष पर्यटन क्षेत्रमा उपलब्धि नहुने संकेत गरिसकेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांकअनुसार हवाई मार्ग भएर आउनेको वृद्धिदर अघिल्लो वर्षको यही अवधिको तुलनामा ५ दशमलव ३ प्रतिशतले घटेको छ । पर्यटक बढे पनि विदेशी मुद्रा आर्जनमा कमी आइरहँदा सरकार र पर्यटन क्षेत्र दुवैलाई नकारात्मक असर पारिरहेको स्थितिमा आगमनसमेत घट्दै गर्दा अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने निश्चित भएको छ । 'अब नीति परिवर्तन गर्नुपर्ने समय आएको छ,' नेपाल एसोसिएसन अफ टुर अपरेटर -नाटो) का अध्यक्ष अशोक पोखरेलले भने, 'हामीले आउने संख्याका साथै पर्यटकबाट कसरी बढीभन्दा बढी खर्च गराउनेतर्फ नीति केन्दि्रत गर्न जरुरी छ ।' अहिले नेपाल आउने पर्यटकले खर्च गर्न चाहँदा पनि खर्च गराउन सक्ने क्षमता सिर्जना गर्न सकिएको छैन ।
सपिङका लागि साना हस्तकलाका सामग्रीहरू मात्र उपलब्ध छन् भने नयाँ गन्तव्य तथा गतिविधि विकास गर्न सकिएको
छैन । 'यहाँ आउनेहरू पनि भारत आएपछि यता ल्याउने प्रवृत्ति छ,' पोखरेलले भने, 'सीधै नेपाल आउने पर्यटक एकदम कम छन् । यस्तोमा आधा पैसा उनीहरूले हवाई यात्रा र भारतमै गर्छन् ।' ठूला ब्रान्डका सोरुमलाई नेपाल ल्याउन सरकारले आवश्यक पहल गर्नुपर्ने बेला आइसकेकेा उनी बताउँछन् ।

प्रकाशित मिति: २०७० वैशाख २३ ०९:०९

No comments:

Post a Comment