Total Pageviews

Saturday, May 4, 2013

यस्तो अवस्थामा मैले के गर्ने होला ?


मैले विगत एक वर्षदेखि एउटी युवतीलाई माया गर्दै आएको छु, तर मैले उनलाई प्रस्ताव गर्दा न हुन्छ भन्छिन्, न हुँदैन भन्छिन्। उनी मेरो धेरै केयर गर्छिन्। मलाई लाग्छ, उनको र मेरो जात नमिलेर उनले जवाफ दिन नसकेकी हुन्। मलाई उनको जातसँग कुनै मतलब छैन। म उनलाई चोखो माया गर्छु। यो कुरा उनको बुबाबाहेक सबैलाई थाहा छ। म उनीबिना बाँच्ने कल्पना पनि गर्न सक्दिनँ। यस्तो अवस्थामा मैले के गर्ने होला ?

राजेश

पत्रअनुसार तपाईंको समस्या त्यति ठूलो हो जस्तो देखिँदैन। तपाईंले जुन युवतीलाई माया गर्नुभएको छ ती युवतीको जातको कुरा उठाउनुभएको छ। पत्रमा ती युवतीको जात तपाईंको जातको तुलनामा ठूलो हो वा सानो खुल्दैन। सामान्य अवस्थामा साना जातका भनिने युवतीले ठूलो जातका युवकसँग सजिलै विवाह गर्छन्, तर ठूलो जातका भनिने युवतीहरूले भने सानो जातको युवकलाई स्वीकार गर्नुअघि आफ्नो घर, परिवार र समाजसमेतको ख्याल गर्ने गरेको विगतका अनुभवहरूले देखाउँछ। कानुनतः कुनै पनि युवक-युवतीबीच विवाहसम्बन्ध कायम हुन जात, धर्म, संस्कृति, उमेरजस्ता कुराले छेकबार लगाउँदैन। व्यवहारमा भने अझै पनि त्यस्तो छेकबार देखिने गरेको छ। अहिलेको अवस्थामा कतिपय युवक-युवती अन्तरजातीय विवाह गरेर त्यस्ता सामाजिक बन्धनविरुद्ध उभिएका छन्। तपाईंको हकमा, तपाईंले आफ्नो र ती युवतीको विवाहका बारेमा स्पष्ट कुराकानी गर्नु आवश्यक छ। तपाईंको स्पष्टतापछि पनि ती युवती तर्कन्छिन् भने विवाहका लागि थप जोड नगर्नुमै तपाईंको हित छ।

No comments:

Post a Comment