१९ वैशाख, सर्लाही । सर्लाहीको चितायनमा
दाईको लागि ठिक पारिएकी युवतीको हतारमा भाईसँग बिबाह भएको छ । साइतको तीन
दिनअघि सर्लाही जिल्ला अदालतले निर्धारित बिहे रोक्न अन्तरिम आदेश दिएपछि
दाईका लागि ठिक पारिएकी युवती भाईले भित्र्याए ।
गत शुत्रबार हरिपुर ४ चितायनका २२ वर्षका
विपिसिंह चौधरीलाई जिल्ला अदालतले दोस्रो बिहे गर्न रोक लगाएको थियो ।
विपिसिंहसँग बिहे नहुने भएपछि उनैका कान्छा भाई पि्रन्ससिंह चौधरी बेहुला
बनेका हुन् ।
विपिसिंह र हरिपुर २ पाँचगाछीकी १७ बर्षकी
अम्बिका चौधरीबीच वैशाख १६ गते विवाह गर्ने तय भएको नागरिक दैनिकमा खबर छ ।
तर, २३ बर्षकी भवानी चौधरीले पति विपिसिंहले आफूमाथि सौता हाल्न लागेको
भन्दै दोस्रो बिहेको निम्तो काडसमेत संलग्न राखेर निषेधाज्ञा माग गर्दै
बिहीबार अदालतमा निवेदन दिएकी थिइन् । जिल्ला न्यायाधीश माधव पोखरेलको
इजलासले शुक्रबार विवाह रोक्न आदेश दिएको थियो । पछि विवाहको सबै तयारी
भइसकेको र आफन्त तथा गाउँलेलाई निम्ता गरिसकेका दुवै पक्ष विपिको कान्छो
भाई पि्रन्स र अम्बिकाबीच लगनगाँठो कस्न सहमत भएका हुन् ।
भवानीको माग अनुसार जिल्ला अदालत सर्लाहीले पहिलो पटक विवाह रोक्न अन्तरिम आदेश दिएको थियो ।
No comments:
Post a Comment