१९ वैशाख, काठमाण्डौं । पत्रकारलाई धम्की
दिने नायिका सुमिना घिमिरेले माफी मागेकी छन् । समाचार लेखेकै आधारमा
नायिका घिमिरेले अनलाइनखबर डटकमका पत्रकार विजय ‘आवाज’लाई ‘टाउको एकातिर र
खुट्टा अर्कोतिर’ पुर्याउने भन्दै ज्यान मार्ने धम्की दिएकी थिइन् ।
सुमिनाले
चलचित्र पत्रकार संघ र पत्रकार महासंघलाई वोधार्थ बनाउँदै विज्ञप्ती जारी
गरी माफी मागेकी हुन् । विज्ञप्तीमा सुमिनाले भनेकी छिन्, ‘म र पत्रकार
विजय आवाज बीच केही समय अघि भएको टेलिफोन संवादमा म बाट व्यक्त भएका भनाई
नियतबश नभई आवेशमा भएकाले फिर्ता लिन चाहन्छु ।’ सुमिनाले विज्ञप्तीमा
भनेकी छिन्, ‘ति शब्द मानविय स्वभाववश आवेश र भावनामा आएर व्यक्त भएकाले
धम्कीको रुपमा नवुझिदिनु हुन सम्बन्धीत सबैमा अनुरोध गर्दछु ।’ उनले नेपाली
पत्रकारिता क्षेत्रप्रति आफ्नो सदैव उच्च सम्मान रहने प्रतिबद्धता समेत
व्यक्त गरेकी छिन् ।
यसैबिच सुमिनाको विज्ञप्तीलाई चलचित्र
पत्रकार संघले स्वागत गरेको छ । संघका महासचिव लक्ष्मण सुवेदीले जारी गरेको
विज्ञप्तीमा भनिएको छ, ‘आगामी दिनमा कुनै पनि कलाकार र चलचित्रकर्मी तथा
पत्रकार विचको सम्बन्ध सुमधुर रहने तथा चलचित्र पत्रकारिता जगतको सम्मान र
मर्यादामा ख्याल राख्ने विश्वास संघले लिएको छ ।’

No comments:
Post a Comment