२० वैशाख, काठमाण्डौं । आईसीसी वल्र्ड
क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले ओमानलाई २८ रनले पराजित गरेको छ ।
यससँगै डिभिजन २ मा उक्लिने सम्भावना कायमै छ भने शीर्ष दुईमा नपरे डिभिजन
थ्रीमा रहने सम्भावना बलियो भएको छ ।
नेपालले शनिबार इटलीलाई ठूलो अन्तरले
पराजित गरे र अमेरिका बर्मुडासँग पराजित भए नेपालको शीर्ष दुईमा पर्ने
सम्भावना हुनेछ । ४ खेलको समाप्तीमा अमेरिकाको ६ अंक छ भने नेपालको ४ अंक छ
। गएराति अमेरिकालाई हराएको युगाण्डाको ८ अंक छ र डिभिजन २ मा बढुवा हुने
पक्का भएको छ ।
गएराति पहिले व्याटिङ गरेको नेपालले ५०
ओभरमा ९ विकेटको क्षतिमा १ सय ६० रन बनायो । १ रन जोड्दा ओपनर सुवास
खकुरेललाई गुमाएको नेपालको पारी मध्यक्रमका व्याट्सम्यानले सम्हालेका थिए ।
उपकप्तान ज्ञानेन्द्र मल्लले ३४ रन जोड्दा विनोद भण्डारीले ३२, कप्तान
पारस खड्काले २८ र सदर भसवाकरले २७ रनको योगदान दिए ।
जवाफमा मैदान उत्रिएको ओमान ४६ दशमलव ४
ओभरमा १ सय ३२ रनमा अल आउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा संजम
रेृग्मी र बसन्त रेग्मीले समान २/२ विकेट लिए भने शक्ति गौचन, पृथु
बास्कोटा र पारस खड्काले १ विकेट लिए ।

No comments:
Post a Comment