Total Pageviews

Thursday, May 2, 2013

ट्राभल एजेन्सीले सरकारी कर्मचारीलाई टिकट नबेच्ने

१९ बैशाख, काठमाण्डौ । ओशो वल्र्ड ट्राभल्सका संचालक श्यामराज थपलियालाई प्रहरीले बिहीबार बिना सर्त रिहाइ नगरे शुक्रबारदेखि सरकारी कर्मचारीहरुलाई टिकट नबेच्ने ट्राभल व्यवसायीहरुले चेतावनी दिएका छन् । उनीहरुले कर्मचारीहरुलाई बेचिसकेको टिकटसमेत रद्ध गर्ने बताएका छन् । इराक जान लागेका ४ युवतीलाई टिकट बेचेको भन्दै प्रहरीले संचालक थपलियालाई पक्राउ गरेर हप्ता दिनदेखि थुनामा राखेको छ
1
झण्डै २४ दिन अगाडी इराक जान हिँडेका ४ युवतीहरुलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा समातेर फर्काएको थियो । उनीहरुलाई नेपालले श्रम स्वीकृति नदिएको ठाउँमा पठाउन टिकट बेचेको भन्दै ओशोका टिकट काट्ने कर्मचारीसहित संचालकलाई पक्राउ गरेको थियो । संचालक थपलियालाई तारेखमा रिहाई गर्दै आएको भएपनि प्रहरीले हप्ता दिनदेखि हनुमान ढोकामा थुनामा राखेको छ । संचालकलाई थपलियालाई प्रहरीले गलत तरिकाबाट पक्राउ गरेर थुनामा राखेको भन्दै ट्राभल व्यवसायीसहित सम्पूर्ण पर्यटन व्यवसायीहरुले बिहीबार महानगरीय प्रहरी अयुक्तको कार्यलय रानीपोखरी घेराउ गरेका छन् ।
2
प्रहरीले थपलियालाई बिहीबार रिहाइ गरेन भने शुक्रबारदेखि नेपाल प्रहरी, आर्मी, सशस्त्र प्रहरी लगाएत सम्पूर्ण सरकारी कर्मचारीहरुलाई टिकट बेच्दैनौं’ ट्राभल डे शोसाईटीका संचालक दीपेन्द्र केसी ढकालले बताउनुभयो- ‘प्रहरीले नियतवश उहाँलाई पक्राउ गरेर थुनामा राखेको छ ।’ पक्राउ पुर्जी नथमाई थपलीयालाई पक्राउ गरेर राख्नु गलत भएको बताउँदै केसीले भन्नुभयो- ‘कुनै पनि देशका लागि टिकट बेच्न ट्राभल व्यवसायीहरुलाई कानुनले रोकावट गरेको छैन् ।’ ईराक जान हिँडेका युवती र मेनपावर कम्पनीलाई पक्राउ गरेर कारबाही गर्नुपर्नेमा ट्राभल व्यवसायीहरुलाई कारबाही गर्न लागेको व्यवसायीहरुले आरोप लगाएका छन् ।
रानीपोखरी कार्यलयका प्रमुख एआईजी नवराज ढकालले थपलियाको केशलाई उचालेर ठूलो बनाउन खोजेको व्यवसायीहरुले आरोप लगाएका छन् । ढकालले व्यवसायीहरुसँग भेट्न र छलफल गर्न नचाहेको आरोप लगाउँदै उनीहरुले यहि अवस्था रहेमा कडा संघर्षमा उत्रिने समेत चेतावनी दिएका छन् । ‘थपलियालाई चेलिबेटी बेचबिखनको आरोपमा फसाउन खोजीएको छ’ दीपेन्द्र केसीले भन्नुभयो- ‘समग्र पर्यटन क्षेत्रको सुरक्षाका लागि हामी कार्यलय घेराउ गर्न आएका हौं । थपलियाले एयर अरेवियाको टिकट काटिदिएका थिए ।

No comments:

Post a Comment