काठमाडौं, बैशाख २५ - बाटो फराकिलो पार्ने
अभियानबाट निकै चर्चा बटुलेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईपछि
अब अर्का बाबुराम पनि बाटो फराकिलोबाट चर्चा कमाउन अघि सरेका छन् ।
तर अर्का बाबुराम काठमाडौंको सार्वजनिक बाटो फराकिलो पार्ने कामबाट नभई बाटो फराकिलो शीर्षकको गीतबाट चर्चा कमाउन अघि सरेका हुन् ।
आफ्नो नाम बाबुराम भएपनि राम हटाएका गायक बाबु बोगटी बाटो फराकिलो शीर्षकको गितबाट फेरी गायनमै फर्कन लागेका छन् ।
गायकका रुपमा लोकप्रिय हुँदा हुँदै पनि
गायक कम र नायक बढी बनेका उनी बाबु बोगटी अन्तत सात बर्षपछि सातवटा गीत
रहेको एल्बम ‘प्रायाश्चित’ लिएर गायनमा फर्कन लागेका छन् । यो एल्बपमा उनले
‘बाटो फराकिलो’ बोलको गीतलाई प्रोमोशनल बनाएका छन् ।
‘पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई
बाटो फराकिलो बनाउदा जस मिलेकोले तपाईले पनि जस पाउन बाटो फराकिलोलाई
प्रोमोशनल गीत बनाएको हो ?’ भन्ने प्रश्नमा बाबुराम बोगटीबाट बाबु बोगटी
बनेका यी गायक मज्जाले हाँसे र भने ‘पूर्व प्रधानमन्त्री बाबुराम
भट्टराई्सँग नाम मिल्नु र बाटो फराकिलो पार्नु दुवै संयोग मात्र हो ।’
‘बाटो फराकिलो’ बोलको गीतको म्युजिक भिडियो तयार भई सकेको छ । केकी अधिकारी, उत्तम गजमेर र देव चौलागाईले भिडियामा अभिनय गरेका छन् ।
हरि हुमागाईले खिचेको उक्त भिडियोलाई भरत
रेग्मीले सम्पादन गरेका हुन भने निर्देशन निर्मल लामाले गरेका छन् । गीतमा
शब्द राजेश घतानीको छ भने संगीत स्वयं गायकको नै रहेको छ ।
No comments:
Post a Comment