Total Pageviews

Saturday, May 4, 2013

एफबीआईको सूचीमा पहिलो महिला

womenन्युयोर्क, वैशाख २२ - अमेरिकाको संघीय जाँच ब्युरो -एफबीआई) को 'मोस्ट वान्टेड' अपराधी सूचीमा पहिलोपटक महिला जोन डेबोराह चेसिमार्ड (असाता साकुर) लाई सामेल गरिएको छ । हत्या अभियोग लागेकी उनी सन् १९७९ मा कारागारबाट भागेर क्युबा पुगेकी थिइन् । हत्या, प्रहरी अधिकृतमाथि घातक आक्रमण, अवैध हतियार र लुटको अभियोग प्रमाणित भएपछि उनलाई  आजीवन काराबासको सजाय भएको थियो । अमेरिकी गुप्तचर एजेन्सीले उनलाई 'डोमेस्टिक टेरोरिस्ट' को सूचीमा राखेको छ । उनलाई पक्राउ गर्न सहयोग पुग्ने सूचना दिनेलाई २० लाख डलर पुरस्कार दिने घोषणा गरिएको छ । सन् १९७० र ८० को दशकमा दर्जनबढी अमेरिकी प्रहरी अधिकृतहरूको हत्याको जिम्मेवार मानिएको ब्ल्याक लिबरेसन आर्मीकी उनी नेता थिइन् । सन् १९७३ मा जोएन र उनको दुई साथीलाई न्युजर्सीमा प्रहरीले रोक्न खोज्दा उनीहरूले जवाफमा गोली प्रहार गरेका थिए । नजिकैबाट भएको गोली हानाहानमा एक प्रहरी र उनको एक साथी मारिएका थिए । एक प्रहरी घाइते भएका थिए । उनको अर्को साथी अझैं जेलमा छन् । जेलमा राखिएकी जोएन भने ब्ल्याक लिबरेसन आर्मीको सहयोगले भागेकी थिइन् । उनीहरूले जेलभित्र भ्यान छिराएर भगाएका थिए । केही वर्षसम्म अमेरिकामा लुकीछिपी बसेकी उनी एकैपटक सन् १९८४ मा क्युबामा देखा परिन् । एफबीआईले उनीसँग जोडिएको जानकारी दिनेलाई १० लाख डलर र न्युजर्सी प्रहरीले पनि थप १० लाख डलर पुरस्कारको घोषणा गरेको छ । अमेरिकासँग सुपुर्दगी सन्धि नभएको क्युबामै उनी बसिरहेको विश्वास गरिएको छ । उनले क्युबामा राजनीतिक शरण पाएकी छन् । त्यहाँ अमेरिकाले खोज गरिरहेको झन्डै ७० अपराधीले शरण लिएका छन् । हुन त अपि्रलमा अमेरिकाले माग गरेको पmलोरिडाको एक दम्पतीलाई क्युबाले फिर्ता गरेको थियो ।
प्रकाशित मिति: २०७० वैशाख २२ ०९:४४

No comments:

Post a Comment