काठमाडौं, वैशाख २१ -
डेनमार्कस्थित राजदुत मुक्तिनाथ भट्टले आफ्नै छोरालाई दुतावासमा सेक्रेटरी पदमा नियुक्त गरेका छन् ।
नियमानुसार स्थानीय भाषामा पकड रहेको योग्य व्यक्तिलाई 'लोकल स्टाफ'
हैसियतमा नियुक्त गर्नुपर्नेमा आफ्नो छोरा रमेश भट्टलाई गत अप्रिल १२ देखि
राजदुतले नियुक्त गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनायो ।
काठमाडौंको एक बैंकमा कायरत छोरालाई बोलाएर 'लोकल स्टाफ' हैसियतमा
निर्धारित सेवा सुविधासहित नियुक्त गरेको स्थितिबारे परराष्ट्र
मन्त्रालयलाई जानकारी आएको र यसबारे राजदुतलाई अवश्यक निर्देशन दिइने
स्रोतले जनाएको छ ।

No comments:
Post a Comment