बैशाख २० – अप्रिल महिना इराकको पछिल्लो पाँच वर्षयताकै घातक महिना भएको राष्ट्रसंघले जनाएको छ । यो अवधिमा हिंसात्मक घटनामा ज्यान गुमाउनेमध्ये धेरैजसो सर्वसाधारण छन् ।
इराकका लागि राष्ट्रसंघीय सहायता मिसनका अनुसार गएको महिना आतंकवादी आक्रमण लगायत हिंसात्मक घटनामा ५ सय ९५ जना सर्वसाधारण सहित ७ सय १२ जनाको ज्यान गएको छ । १ हजार ६ सय ३३ जना घाइते भएका छन् ।यो सन् २००८ को जुन यता एक महिनामा भएको मृत्युका घटनामध्ये सबैभन्दा धेरै हो । उत्तरी इराकमा सरकार विरोधी सुन्नी प्रदर्शनकारीको शिविरमा सेनाले छापा मारेयता हिंसात्मक घटनामा वृद्धि भएको मिसनको भनाई छ ।
इराकको गृहमन्त्रालयले भने अप्रिल महिनामा जम्मा २ सय ४५ जनाको ज्यान गएको जनाएको छ । राजधानी बगदादमा सबैभन्दा धेरै २ सय ११ जना मारिएका छन् भने ४ सय ८६ जना घाइते भएका छन् । त्यस्तै दियाला, सलाहुद्धिन, किर्कुक, निनेवा र अनवर प्रान्त पनि धेरै प्रभावितमध्ये पर्ने राष्ट्रसंघीय सहायता मिसनले जनाएको छ ।
No comments:
Post a Comment