काठमाडौ, वैशाख २३ -
दुःखद् सुरुवातलाई सुखद् अन्त्य गर्दै नेपाल आईसीसी वल्र्ड क्रिकेट लिग
डिभिजन ३ च्याम्पियन भएको छ । बर्मुडामा भएको प्रतियोगिताको फाइनलमा
नेपालले युगाण्डालाई ५ विकेटले हराउँदै नयाँ इतिहास रहेको हो ।
शिर्ष दुईमा रहनेबित्तिकै यसअघि नै नेपाल डिभिजन २ मा उक्लिइसकेको छ भने
आगामी बर्ष हुने एक दिवसीय विश्वकप क्रिकेट छनौटमा स्थान पक्का गराइसकेको छ
। बर्मूडाको हमिल्टन रंगशालामा भएको फाइनलमा नेपालका व्याट्सम्यान प्रदीप
ऐरी र शरद् भेषवाकरले अर्धशतक प्रहार गरेपछि नेपालले उपाधि उचालेको हो ।
लिगको शिर्ष दुईमा रहने लक्ष्य बोकेर बर्मुडा पुगेको नेपाली टोलीले
सुरुवाति दुई खेलमा हार व्यहोरेपनि पछिल्लो चार खेलमा लगातार जित दर्ता
गरायो । टस जितेर व्याटिङ रोजेको यूगाण्डाले पूरा ओभर खेल्दै ८ विकेटको
क्षतिमा एकसय १५१ रन बनाएको थियो ।
बसन्त रेग्मी र राहुल विश्वकर्माले २-२ विकेट लिएपछि नेपाली टोलीलाई धेरै
रनको लक्ष्य दिनबाट यूगाण्डा चुकेको थियो । युगाण्डाले ५ रन बनाएदेखि नै
उसको नेपालका कप्तान पारस खड्काले विकट लिएर खेलाडी पवेलियन फर्काउन सुरु
गरेका थिए ।
लक्ष्य पछ्याउादै व्याटिङ सुरु गरेका नेपालका प्रारम्भिक व्याट्सम्यान
सुबास खकुरेल पनि ८ रनमै आउट भए । प्रदीप ऐरीसँगको साझेदारीमा ८ रन मात्रै
हुादा उनी आउट भएपनि नेपाली टोली दबाबमा परेको थियो । खकुरेलको ठाउामा
मैदान प्रवेश गरेका उप कप्तान ज्ञानेन्द्र मल्ल पनि १३ बल खेल्दै ५ रनमै
आउट भए । कप्तान पारस खड्का ८ बल खेलेर १ रनमै आउट भयो । तर, नटआउट सरद्
भेषवाकरले ऐरीसँग उत्कृष्ट साझेदारी गरेपछि नेपालको उद्दार भयो ।
म्यान अफ दी म्याच ऐरी २९ औं ओभरमा ६० रन बनाएर आउट भएका थिए ।
अब नेपालले न्युजिल्यान्डमा १० राष्ट्र सहभागी विश्वकप छनोट चरणमा
सहभागिता जनाउने छ । त्यसको शीर्ष दुईमा पर्न सकेमा सन् २०१५ मा
न्युजिल्यान्ड र अस्ट्रेलियामा हुने विश्वकपमा खेल्न पाउने छ भने शीर्ष
चारमा रहेका आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा रहने मौका पाउने छ ।
अहिले च्याम्पियनसिपमा आयरल्यान्ड, नेदरल्यान्डस्, केन्या, स्कटल्यान्ड,
अफगानिस्तान, क्यानडा, युनाइटेड अरब इमिरेट्स र नामिविया छन् ।
च्याम्पियनसिपमा रहेका मध्यबाट शीर्ष दुईले विश्वकपमा स्थान पक्का गर्ने
छन् भने बाँकी रहेका टिम र डिभिजन-२ मा रहेका पपुवा न्युगिनी, नेपाल, हङकङ र
युगान्डाबीच विश्वकप छनोट प्रतियोगिता हुने छ । बर्मुडामा नेपालले राम्रो
मात्र खेलेन, उसलाई भाग्यले पनि साथ दियो । लिग चरणको अन्तिम खेलमा
इटालीलाई फराकिलो अन्तरले हराउँदै आफू डिभिजन-३ मा बस्ने पक्का गरे पनि थप
खुसीका लागि केही समय कुर्नु पर्यो । डिभिजन-४ मा झरिसकेको इटालीले पहिले
ब्याटिङ गर्दै दिएको १ सय २८ रनको लक्ष्य नेपालले २ सय ११ बल बाँकी रहँदै
पूरा गरेर आफ्नो रनरेट बलियो बनाउँदै शीर्ष दुईमा पुग्ने आशा जीवितै राखेको
थियो । पहिलो खेलमा नेपालमाथि ९४ रनको जित हासिल गरेको अमेरिका अन्तिम
खेलमा आयोजक बर्मुडासँग ५ विकेटले हार्न पुगेपछि नेपालको भाग्य खुलेको हो ।
अमेरिकासँगको जितले बर्मुडा पनि रेलिगेसनमा पर्नबाट जोगिँदै डिभिजन-३ मा
कायम रहन सफल रह्यो । लिगको शीर्ष स्थानमा रहेको युगान्डामाथि ७ विकेटको
रोमाञ्चक जित हासिल गरे पनि ओमान रेलिगेसनबाट जोगिन सकेन ।
खेलाडीलाई ३ लाख ५० हजार
आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ मा सफलता पाउँदै विश्वकप छनोटमा स्थान
पक्का गरेको नेपाली क्रिकेट टोली नगदबाट पुरस्कृत हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आइतबार बसेको बोर्ड बैठकले टिमका सहभागी
प्रत्येक सदस्यलाई ३ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । 'हामीले
क्रिकेटरलाई नगद पुरस्कार प्रदान गर्न सिफारिस गरेका छौं,' राखेप सदस्य
सचिव युवराज लामाले भने,'बाँकी निर्णयहरू सोमबार सार्वजनिक गर्नेछौं ।'
प्रकाशित मिति: २०७० वैशाख २३ ०८:३२
No comments:
Post a Comment