Total Pageviews

Tuesday, May 21, 2013

डेढ करोडमा ‘बुक’ भईन्, सेक्सी मल्लिका !

सन् २०१३ को रौनकले विस्तारै सबैलाई छुँदैछ । अंग्रेजी नयाँवर्ष आगमनको यस रौनकले सेलिब्रेटीहरुलाई नछुने कुरै भएन । विश्वका कयौं देशमा अंग्रेजी नयाँवर्षको अवसर पारेर ‘विशेष’ कार्यक्रमहरु आयोजना हुने र गर्न लागेको खबरहरु दिनहुँ आउने क्रम जारी छ ।

यस्तैमा बलिउडकी ‘मर्डर गर्ल’ मल्लिका शेरावतले पनि अंग्रेजी नयाँवर्षको अवसरमा आयोजना हुने कार्यक्रममा आफ्नो मादक नृत्य प्रस्तुत गर्ने भएकी छिन् । बलिउड फिल्ममा पछिल्लो समयमा पातलो उपस्थिति रहेकी सेक्सी मल्लिकाले अमेरिकामा हुन लागेको नयाँवर्षको पार्टीमा सहभागिता जनाउन लागेकी जनाएको छ ।उक्त पार्टीमा आफ्नो मादक अन्दाजमा नृत्य प्रस्तुत गर्नका लागि मल्लिकालाई डेढ करोड भारुको प्रस्ताव भएको छ भने मल्लिकाले उक्त प्रस्ताव स्वीकार समेत गरिसकेकी जनाइएको छ ।

मल्लिकाले अमेरिकाको लसएन्जल्समा हुने कार्यक्रममा नृत्य प्रस्तुत गर्न लागेकी हुन् । मल्लिका अंग्रेजी नयाँवर्षको अवसरमा आफ्नो प्रस्तुति दिने महङ्गी बलिउड अभिनेत्रीहरुको सुचीमा शीर्षमा पर्ने पनि जनाएको छ ।

मल्लिकाले वितेको अंग्रेजी नयाँवर्षको अवसरमा मुम्बईको एक पाँचतारे होटलमा नाँचे बापत प्रति मिनेट ४ लाख भारु लिएकी थिइन् ।

No comments:

Post a Comment