Total Pageviews

Sunday, May 5, 2013

कुलतविरुद्ध रुन्चेले गाए

कुलतविरुद्ध रुन्चेले गाए


युवा राष्ट्रका सम्पत्ति हुन्, यिनीहरूलाई कुलतबाट जोगाउनुपर्छ भन्ने अभिप्रायले धरानमा आयोजित कन्सर्टमा नाइँ मलाई त्यही केटी चाहिन्छ गायक प्रकाश पौडेलले आफ्ना गीतहरू सुनाएर मनोरञ्जन प्रदान गरे। श्यामचोक सेवा समाज तथा महिला समूहको सहकार्यमा नयाँ वर्षको अवसर पारेर आयोजित उक्त सांस्कृतिक कार्यक्रममा रुन्चे गायकले हास्ने गीत हाहाहा, तीतेपाती तीतेपाती ∆याप ∆याप ∆याप तथा नयाँ गीत धराने केटाको जिस्क्याउने बानी हुन्छ है सान्नानीलगायतका गीत सुनाएका थिए। हजारौं दर्शकमाझ भएको भव्य कार्यक्रममा आयोजकले समुन्नत समाज निर्माणको आवश्यकता श्यामचोक सेवा समाजको प्रतिबद्धता नारालाई सकारात्मक सन्देशका रूपमा प्रवाह गरेको थियो। कार्यक्रममा गरिमा डान्स सेन्टर धरानका कलाकारहरूको नृत्य तथा अन्य स्थानीय कलाकारहरूको प्रस्तुतिसमेत समेटिएको थियो।'

No comments:

Post a Comment