Total Pageviews

Tuesday, May 21, 2013

यौन खोज्नेमा नेपाली महिला सबै भन्दा अगाडी हेर्नुहोस

सेक्स ? हे यो विषयमा कुरै नगरौं, अधिकाशंले दिने रेडिमेड उत्तर हो यो। सेक्सका बारेमा कसैले कुरा गरिहाले पनि कुरा गर्ने व्यक्तिहरू आलोचनाको पात्र बन्ने निश्चित छ। हाम्रो समाज सेक्स वा यससँग सम्बन्धित विषयमा कति ढोंगी छ भन्ने कुरा यो विषयमा कुरा गर्नु पनि अपराध मान्ने मनोवृत्तिले प्रस्ट पार्छ यो त अप्रमाणित कुराकानीको विषय मात्र भयो, अब लागौं, प्रमाणित तथ्य खोज्न्, विश्वको नम्बर एक अनलाइन सर्च इञ्जिन गुगलले नेपाल र नेपालीको सेक्स प्रवृत्तिसम्बन्धी ऐना देखाइदिएको छ। चाहेर पनि ढाँट्न नसकिने यो यथार्थले सेक्सप्रतिको ढोंगी नेपाली धारणालाई वास्तवमै उदांगो बनाएको हो। गुगल इनसाइट फर सर्चमा सेक्स राखेर खोजी गर्दा यो यथार्थ छर्लंग हुन्छ।

विश्वास गर्न गाह्रो पर्ला, इन्टरनेट युजरहरूको गुगल सर्चका आधारमा सेक्ससम्बन्धी सामग्री खोजी गर्ने राष्ट्रहरूको सूचीमा विश्व मै नेपाल दसौं स्थानमा छ। यो सन् २०११ मा गुगलमा नेपालीहरूले सेक्सका बारेमा गरेको खोजीको आधारमा तय भएको स्थान हो। श्रीलंका, भारत, पपुवा न्युगिनी, इथियोपिया, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, सोमालियापछि नेपालले उक्त स्थान बनाएको हो। गुगलका अनुसार इन्टरनेट प्रयोगकर्तामध्ये ६४ प्रतिशत नेपालीले सेक्स रिलेटेड कन्टेन्ट (सामग्री) सर्च गरेका थिए। सेक्स रिलेटेड कन्टेन्ट खोज्ने क्रममा सन् २००९ र सन् २०१० मा नेपाल विश्वभरमै सातौं स्थानमा रहेको गुगलले देखाउँछ।

इन्टरनेट वास्तवमै बेइमान छ, यसले अन्ततः सारा रहस्य खोलिदिन्छ। उसको सहारा लिएर गुम्सिएको यौन इच्छा पूरा गर्ने प्रयास त गरिएको हो तर यसले यो कुरा खोज्यो, त्यसले त्यो कुरा खोज्यो भनेर सबै सत्य बताइ हाल्छ। गुगल त झनै बेइमान रहेछ, सेक्सकै मामीलामा पनि कसले के कुरा धेरै खोजे पनि बताउँछ। फ्रि सेक्स, सेक्स भिडियो, सेक्स भिडियोज, सेक्स पोर्न, पोर्न, ट्युब सेक्स, इन्डियन सेक्स, सेक्स हट, सेक्स स्टोरिज, पोर्नो क्रमश धेरै टाइप गरिएका शब्द हुन् भनेर गुगल जानकारी दिन्छ। नेपालीहरू पनि यी शब्द टाइप गर्न माहिर छन् भन्ने कुरा पनि गुगलले स्पष्ट पारिसकेको छ । सन् २०१२को पहिलो १५ दिनमा नेपाल सेक्स सर्च गर्ने क्रममा चौथो स्थानमा रहेको गुगलले देखाउँछ ।

No comments:

Post a Comment