महिलाहरुले सेक्स गर्नु भन्दा पहिले ढाट्ने पाँच कुरा !
कतिपय अवस्थामा परिस्थितिमाथी कब्जा जमाउन वा कतिपय अवस्थामा आफ्नै वचावट
गर्न महिलाहरुले ढाँटिरहेका हुन्छन् । उनीहरुले आफुप्रतिको पुरुषको
दृष्टिकोण र केहि रहस्यका कुरा पत्ता ल गाउन पनि ढाँटेर पुरुषलाई मनाइरहेका
हुन्छन् । साना कुरामा ढाँटिएको स्थितिले विकराल परिणाम त नल्याउला तर
कतिपय अवस्था यस्ता हुन्छन्, जसले परिवार, पुरुष महिलाबीचको सम्बन्धमा दरार
उत्पन्न गर्न सक्छ । अध्ययनले सुझाव दिन्छ, यसैले यसमा सचेत र चनाखो हुनु
जरुरी छ । ति पाँच कुरा :
१. हैन सबै ठिक छ धेरै युवती वा महिलाहरु आफ्नो अवस्थाको बारेमा पुरुषलाई
धेरै जानकारी दिन चाहन्नन् । उनीहरु दुख पर्दा पनि हाँस्ने चेष्टा गरिरहेका
हुन्छन् । पुरुषले चिँढ्याएको अवस्था होस् वा चित्त दुखाएको अवस्था होस्,
अनुहारमा रिसको भाव झल्किए पनि के भयो ? भनेर सोध्दा हैन सबै ठिक छ भन्ने
उनीहरुको वानी हुन्छ । हुन्छन् अथवा भनौँ उनीहरु अनुहारको अवस्था हेरेर
महिलाको वास्तविक परिस्थितिको आकलन गर्न सक्छन्। पुरुषहरु महिलालाई विश्वास
गरे गरुन् नगरे नगरुन् तर महिलाहरुले कुनै न कुनै रुपमा ढाँटिरहेका
हुन्छन्, एक अध्ययन भन्छ ।
२. तिमी जस्तो छौँ त्यहिलाई म माया गर्छु मन नपरि नपरि विवाह गरेको पुरुष
रहेछ भने पनि महिलाहरु तिमी जे हौँ त्यहि भएर तिम्रो माया लाग्छ भनिदिन्छन्
। एकाध जनालाई छोडेर घरमा नराम्रो सम्बन्ध भएपनि महिलाहरु बाहिर आफ्नो
लोग्नेको बखान गर्छन, उनी जे हुन् त्यहि कुरा मलाई मन पर्छ भन्ने खालका
अभिव्यक्ति महिलाबाट आउने गर्छ ।
३. मलाई यसमा मतलब छैन आफुसँग निकट रहेको युवक वा पुरुष अर्कै केटीसँग
गफगाफ गरिरहेको हुन्छ वा लसपस गरिरहेको हुन्छ भने त्यो जस्तो जलन महिलालाई
अरु हुँदैन । आफ्नो प्रेमि अर्कै केटीसँग बोल्दा वा आफ्नो श्रीमान अन्य
महिलासँग जिस्किएको देख्दा ती युवति र महिलालाई सबैभन्दा बढी पिडा हुने
गर्दछ । तर पनि त्यो पिडा लुकाउँदै उनीहरु तिमी जे जस्तो गर, यसमा मलाई
मतलब छैन भन्दै परिस्थिति पन्छाउन खोज्छन् । अझ, आफ्नो प्रेमि होस वा
लोग्ने, तिमीलाई त्यो केटीको वा महिलाको कुन कुरा मन पर्छ ? उनलाई त्यस्तो
हट देखिने केले बनाएको हो ? तिमीलाई उनी मन पर्छिन ? भन्ने खालका सामान्य
प्रश्न सोधेर पुरुषको धारणा खोतल्ने प्रयास गर्छन र भन्छन पनि यसमा मलाई
कुनै दुख छैन तर तिमीलाई उसको कुन कुरा मन पर्छ भन्दै रहस्य खोतल्ने प्रयास
गरेका हुन्छन् । तिमी जोसँग जिस्केको भएपनि मलाई यसमा मतलब छैन, मलाई
विश्वास छ तिमी मलाई माया गर्छौ भन्दै आफ्नो विश्वासको पर्खाल झन् फराकिलो
बनाउने चेष्टा गर्छन तर वास्तवमा उनीहरुलाई यसमा एकदमै पिडा भैरहेको हुन्छ ।
४. तिम्रा साथीहरु कुल छन् यो सधैँ ढाँटको अवस्था नहुन सक्छ । कल्पना
गर्नुस त, तपाई आफ्नो प्रेमिकासँगै केहि साथीहरुसँग घुम्न जानुभएको छ ।
साथीहरुसँग जाँदा आफ्नीलाई मात्रै ध्यान दिने कुरा पनि भएन । सबैसँग रमाइलो
अनुभव साटासाट गर्नु परिहाल्छ । र उनलाई सोध्नुस्, तिमी रमाइलो त
मानिरहेकि छौँ ? ती युवतिको उत्तर हुनेछ, ‘अवश्य तिम्रा साथीहरु कति कुल
छन् ।’ तर उनको मनमा यस्तो हुँदैन । तपाईको साथीहरुको बारेमा नराम्रो भनेर
वा म रमाइलो मानिरहेको छैन भनेर तपाईलाई हर्ट गर्न उनीहरु चाहदैनन् ।

No comments:
Post a Comment