सिनेमाको प्रमोशनका लागि देश दौडाहामा रहेको ‘अन्तराल’ युनिटले धनुषा
जिल्लाको विश्वम्भर गाउँका आगालागी पिडितलाई सहयोग गरेको छ । सहयोग गर्नका
लागि चलचित्रका नायक, नायिका , निर्देशक, निर्माता आगालागी भएको स्थानमा नै
पुगेका थिए ।
नायिका
नम्रता सापकोटा, अशिष्मा नकर्मी, निर्माता जीवनसाथी बस्नेत, निर्देशक दिपा
बस्नेत, कलाकार मानव सुवेदी लगायतको टोलीेले आगालागी पिडितलाई भेटेर
लत्ताकपडा र खाद्य सामाग्री वितरण गरेको थियो । चैत्र २८ गते विजुली सर्ट
भएर आगालागी हुँदा स्थानिय केही घरहरु जलेर नष्ट भएका थिए । ‘अन्तराल’
युनिटको सहयोगले आगालागी पिडितहरु खुशी देखिएका थिए । उनीहरुले सिनेमाका
सम्पुर्ण युनिटलाई धन्यबाद दिदै सफलताको
शुभकामना पनि दिएका थिए ।
आगालागी
पिडितको अवस्था देखेर नायिका नम्रता सापकोटा रोएकी थिइन् । उनले काठमाण्डौ
फर्केर अझ धेरै सहयोग गर्ने प्रतिबद्धता जनाइन् । जेठ ३ गतेबाट प्रदर्शनमा
आउन लागेको यो चलचित्रले युवापुस्ताको कथावस्तुलाई उठान गरेको छ ।
चलचित्रको युनिट एकसाता लामो देशदौडाहा सकेर शुक्रबार काठमाण्डौ र्फकदै छ ।
नायिका
नम्रता सापकोटा, अशिष्मा नकर्मी, निर्माता जीवनसाथी बस्नेत, निर्देशक दिपा
बस्नेत, कलाकार मानव सुवेदी लगायतको टोलीेले आगालागी पिडितलाई भेटेर
लत्ताकपडा र खाद्य सामाग्री वितरण गरेको थियो । चैत्र २८ गते विजुली सर्ट
भएर आगालागी हुँदा स्थानिय केही घरहरु जलेर नष्ट भएका थिए । ‘अन्तराल’
युनिटको सहयोगले आगालागी पिडितहरु खुशी देखिएका थिए । उनीहरुले सिनेमाका
सम्पुर्ण युनिटलाई धन्यबाद दिदै सफलताकोशुभकामना पनि दिएका थिए ।
आगालागी
पिडितको अवस्था देखेर नायिका नम्रता सापकोटा रोएकी थिइन् । उनले काठमाण्डौ
फर्केर अझ धेरै सहयोग गर्ने प्रतिबद्धता जनाइन् । जेठ ३ गतेबाट प्रदर्शनमा
आउन लागेको यो चलचित्रले युवापुस्ताको कथावस्तुलाई उठान गरेको छ ।
चलचित्रको युनिट एकसाता लामो देशदौडाहा सकेर शुक्रबार काठमाण्डौ र्फकदै छ ।
No comments:
Post a Comment