नायीका अरुणीमा लम्साल यतिखेर तनावमा छिन्। उही तनावमा रहनुका कारण उनका
भ्रष्ट पति अमृत अर्याल। हाल एक एक प्रतिष्ठित फाइनान्सका सिईओ रहेका
अर्यालले ऋण प्रवाहमा एउटै ग्राहकसंग ३० लाख खाइदिएपछि फरार हुनु परेको हो।
उनि फरार भए पनि दुःख भने अरुणिमाले पाइरहेकी छिन्। फाइनान्सका सञ्चालकले
पनि पाउनु दुःख पाएका छन।विनोद खड्का भन्न व्यक्तिले मुलपानीको घरजग्गालाई
दिएको बैना रकम र अमृतले खाएको कमिशन रकम समेत असुल उपर गरि पाउँ भन्दै
हनुमान ढोकामा उजुरी गरेपनि अरुणिमा लम्सालका श्रीमानको पोल खूलेको हो ।प्रहरीले दुवै पक्षलाइ छलफलमा बोलाउन खोजेपनि अमृत अर्याल भने फरार रहेका छन्।चितवनका वासिन्दा दिनेश कोइरालाको मुलपानीमा रहेको जग्गा धितो राखी ऋण निकालिएको थियो ।ऋण तिर्न नसक्दा सो जग्गा लिलामी परिसकेको छ र अर्कैले किनिपनि सकेका छन् । तर अर्यालले भने खड्गीसंग सो मिलाइदिन्छु भनि बैना लिएका थिए ।
No comments:
Post a Comment