ब्युनस आयर्स , वैशाख २२ -
केही मुलुकमा पोर्न -अश्लील) सामग्री हेर्नु र देखाउनु अपराध मानिए पनि
अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भने त्यस्तो बन्देज छैन ।
त्यहाँस्थित एक इरोटिक रेस्टुरेन्टमा ग्राहकलाई खुवाउनुका साथै पोर्न फिल्म
पनि देखाइन्छ । 'ते मातारे रेमिरेज -आई विल किल यू)' नाम गरेको
रेस्टुरेन्टमा खुल्लापन र कामुकता मन पराउने ग्राहकको भीड लाग्ने गर्छ ।
त्यहाँ आकर्षक युवतीहरूले साम्भा नृत्य र अश्लील कार्यक्रम प्रस्तुत गर्छन्
। मुख्यतः जोडीहरूका लागि आदर्श मानिने उक्त रेस्टुरेन्टमा एक्लाहरूको पनि
राम्रै उपस्थिति हुन्छ । ग्राहकलाई उत्तेजित गर्ने प्रयासअनुरूप त्यहाँ
भोजन सामग्रीमा सूचीकृत परिकारको नाम पनि यौनक्रियासँग जोडेर राखिएको छ ।
डिससँग राखिएको कामुक तस्बिरले पनि खाउखाउ लाग्छ । भोजनझैं यौन पनि जीवनको
आधारभूत आवश्यकता भएको रेस्टुरेन्टका प्रबन्धकहरूको दाबी छ । भोजनसँगै
यौनचाहना र कामुकता जगाउनु पनि आफूहरूको उद्देश्य भएको व्यवस्थापन पक्ष
बताउँछ । मिठो भोजनमा मसलाको राम्रो तालमेल भएझैंं यौनजीवनमा आकर्षण
चाहिन्छ । त्यही भएर रेस्टुरेन्टको नियमित कार्यक्रममा सेक्सको भरमार संगम
रहन्छ । दैनिक रूपले खानाको बेलामा इरोटिक फिल्म देखाइन्छ । मंगलबार र
बुधबार कामुक नृत्य देखाइन्छ भने ब्राजिलका साम्भा नर्तकहरूले बिहीबार
केबरा प्रस्तुत गर्छन् । रेस्टुरेन्टले सप्ताहान्तमा शुक्रबार ग्राहकका
लागि सुन्दर मोडेलहरूमार्फत सेक्स आसनहरू पस्किन्छन् । शनिबार र आइतबार रेस्टुरेन्टका तर्फबाट ग्राहकको यौनजीवन जाँचिन्छ । सुन्दरीहरूले भविष्यवाणी कार्डमार्फत ग्राहकको यौनजीवनबारे बताउँछन् ।
प्रकाशित मिति: २०७० वैशाख २२ ०९:४३
No comments:
Post a Comment