१९ बैशाख, काठमाडौं । भारतीय बजारमा
पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपाल आयल निगमलाई मासिक २० करोड रुपैयाँ
नाफा हुने भएको छ । भारतीय आयल निगमले मे १ तारिखदेखि लागु हुनेगरि
निगमलाई बिहीबार पठाएको मूल्य सूचिअनुसार सो नाफा हुने भएको हो ।
पेट्रोलियम पदार्थको विक्रीमा घाटा बेहोर्दै आएको आयल निगम १० महिनापछि नाफामा जाने भएको हो ।
यसअघि
अपि्रल १६ तारिखमा भारतीय आयल निगमले पठाएको मूल्य सूचि अनुसार नेपाल आयल
निगमलाई ६ करोड ७२ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको थियो ।नयाँ मूल्य
सूचिअनुसार एलपी ग्याँसको सिलिण्डरमा हुँदै आएको घाटा ६४ रुपैयाँले घटेपछि
निगमलाई राहत मिलेको हो । यसअघि निगमलाई प्रतिसिलिण्डर ५ सय ४ रुपैयाँ घाटा
हुँदै आएकोमा अब प्रतिसिलिण्डर ४ सय ३९ रुपैयाँमात्र घाटा हुने भएको छ ।

कुनमा कति नाफा ?
नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा
१२ रुपैयाँ ८९ पैसा नाफा हुने भएको छ । यसअघि पेट्रोलमा ९ रुपैयाँ ४२
पैसामात्र नाफा थियो । त्यस्तै, यसअघि डिजेलमा १ रुपैयाँ ३९ पैसा नाफ हुँदै
आएकोमा नयाँ मूल्य सूचि अनुसार ३ रुपैयाँ ४४ पैसा नाफा हुने भएको छ । १३
रुपैयाँ ७८ पैसा नाफा हुँदै आएको मट्टतिेलमा अब १५ रुपैयाँ ८३ पैसा नाफा
हुने भएको छ । नयाँ मूल्य अनुसार हवाई इन्धनमा निगमलाई २६ रुपैयाँ ९८ पैसा
नाफा हुने देखिएको छ । यसअघि हवाई इन्धनमा निगमलाई २४ रुपैयाँ ६९ पैसामात्र
नाफा हुँदै आएको थियो ।
तत्काल मूल्य नघट्ने
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम
पदार्थको मूल्य घटेपछि भारतमा पेट्रोलको मूल्य प्रतिलिटर नेपाली ५ रुपैयाँ
घटेको छ । भारतमा ग्यासको मूल्य समेत घटेको भारतीय संचार माध्यमहरुले
बताएका छन् । नेपालमा भने अन्तर्राष्ट्रिय बजार भाउले कुनै प्रभाव नपार्ने
भएको छ । नेपाल आयल निगमले नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमा
तत्काल कुनै फेरबदल नगर्ने जनाएको छ ।-online khabar
No comments:
Post a Comment