पाल्पा, वैशाख २३ -
स्याङ्गजा साखर गाविस वडा न ६ की १८ बर्षीय एक युवतीमाथि गत बुधबार
सामूहिक बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । साँखर ९ का २०
बर्षीय सोनु बिकलाई इलाका प्रहरी कार्यालय रत्नपुर स्याङ्जाले पक्राउ गरेको
हो । थप दुईजनाको खोजी कार्य साथै घटनाको अनुसन्धान भइरहेको इप्रका प्रमुख
कुमारजी श्रेष्ठले बताए ।
पाल्पा रामपुरबाट औषधी उपचार गरेर घरतर्फ फर्किदै गर्दा घर नजिकैको जंगलमा
बेलुका करिव ६ बजेको समयमा ती युवतीमाथि सामूहिक बलात्कार भएको आफन्तले
बताएका छन् । लुम्विनी मेडिकल कलेजको चिकित्सक ल्याब रिपोर्टमा बलात्कारको
प्रयास भएको तर भइनसकेको जानकारी दिएको छ । मेडिकल कलेजमा उपचार गराइरहेकी
बिरामी युवतीले पनि आफुलाई बलात्कार प्रयास गर्दा भएको प्रतिकारमा चोटपटक
लागेको बताएकी छिन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख स्थानेश्वर
रेग्मीले युवतीको उपचार भइरहेको र उपचारपछि सामान्य वन्दै गएको बताए ।
बिहान साखरबाट औषधी लिन पाल्पा रामपुर बजारमा आएको र औषधी गरी वेलुका घर
फर्किदै गर्दा बाटोमा घटना भएको आफन्तहरुले बताए । पीडित युवतीले प्रतिकार
गर्ने क्रममा मुख, गाला, घाटीमा चोट लागेको छ । उनको तानसेनको लुम्बिनी
मेडिकल कलेजमा उपचार भइरहेको छ । घाईते युवतीले २ वटा मोटरसाईकलमा आएका ३
जना व्यक्तिहरुले आफूलाई बलात्कार प्रयास गरेको बताउादै आएकी छन् ।
No comments:
Post a Comment