बैशाख १७ –नेदरल्याण्डमा १ सय २३ वर्षपछि छोरा मान्छे राजगद्दीमा पुगेका छन् । महारानी बिट्रिक्सले आफ्ना छोरा विलियम अलेक्ज्यान्डरलाई राजगद्दी हस्तान्तरण गर्नुभएको हो ।
राजधानी आर्म्सटरडममा विशेष समारोहबीच नयाँ राजा विलियम अलेक्ज्यान्डरको राज्यारोहण भएको छ । ३३ वर्ष गद्दीमा बसेकी महारानी बिट्रिक्सले गएको जनवरीमा नेतृत्व हस्तान्तरण गर्ने घोषणा गर्नुभएको थियो ।नेदरल्याण्डस्मा सन् १८९० देखि राष्ट्रप्रमुखको जिम्मेवारी महिलामा थियो । सन् १८९० मा विलियम तृतीयको निधन पछि राजा बन्ने अलेक्ज्यान्डर पहिलो पुरुष हुनुहुन्छ । महारानीका रुपमा राष्ट्रका नाममा अन्तिम सम्बोधन गर्दै महारानी बिट्रिक्सले आफ्नो कार्यकालका लागि नागरिकलाई धन्यवाद दिंदै आफ्ना छोरा र बुहारीलाई पनि समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले नयाँ राजाले एउटा असल राजाले गर्नुपर्ने सबै कर्तव्य पालना गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । बिट्रिक्सका तीन छोरामध्ये माहिला छोरा फ्रिसो हिम पहिरोमा परेर गएको फेब्रुअरीदेखि कोमामा हुनुहुन्छ । नेदरल्यान्डको कानुन अनुसार राजाको भूमिका सेरिमोनियल हुन्छ ।
समारोहमा १८ देशका राजपरिवारका प्रतिनिधि सहभागी थिए ।
No comments:
Post a Comment