नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्य सिरियल ‘मेरी बास्सै’ चर्चामा
छ । विशेषगरी सिताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा) को
अभिनय र फरक फरक गेटअपका कारण यो सिरियल चर्चामा छ ।सितारामको विभिन्न
खालको गेटअपको कारण चर्चामा रहेको ‘मेरी बाँस्सै’मा अब केदार घिमिरे पनि
नयाँ लुक्समा देखिन थालेका छन् ।उनी अहिले ‘चौध घरे दादा’ नामले चिनिन थालेका छन् । सधै माग्ने बुढाको
गेटअप गरे पछि उनलाई धुर्मुसले उछिनेको चर्चा बजारमा चलेको थियो । यसैले
पनि केदारले आफ्नो भूमिका र अभिनयलाई फरक बनाउन खोजेको विश्लेषण गरिएको छ ।केदारले बोल्ने ’चौध घरे दाद, जसको नाम सुन्दा ज्यान हुन्छ आधा’ भन्ने थेगो अहिले चर्चामा छ । कानमा कुन्डली, कपाल बिनाको टाउकोका कारणले केदारको यो गेटअप र संवादलाई रुचाइएको छ ।
उनको गेटअपले निर्वाचन नजिकिदै जाँदा विभिन्न राजनीतिक दलले डनहरुलाई प्रयोग गर्ने शैलीलाई व्यङ्ग्य गर्न खोजेको छ ।
No comments:
Post a Comment