चीनमा यस्ता व्यक्तिहरुको लागि जागिर
खुलेको छ जसले दिनभरि अश्लील सामाग्रीहरु हेर्नुपर्नेछ । निकै लोभलाग्दो
तलब दिइने उक्त पदको नाम चिफ पोनोग्राफी आइडेन्टिफिकेसन अफिसर हो । यो पदका
लागि छनोट हुनेले गर्ने काम भनेकै दिनभरि अफिसमा बसेर पोर्न सामाग्री
हेर्नु हो । उनीहरुले इन्टरनेटमा भएका सामाग्रीहरु हेर्ने र त्यो अश्लील भए
नभएको निर्णय गरी अश्लील भएमा रोक लगाउन सिफारिस गर्ने काम गर्नेछन् ।
वास्तवमा नयाँ पुस्तालाई इन्टरनेटको गलत
वातावरणबाट बचाउन र इन्टरनेटलाई अश्लील सामाग्री मुक्त बनाउनका लागि चीन
सरकारले यस्तो पद सिर्जना गरी त्यसका लागि इच्छुक उमेद्धारको आवेदन माग
गरेको हो । सरकारले यो परियोजना सेफ्टी अलायन्स नामको एक कम्पनीलाई जिम्मा
दिएको छ ।
उक्त कम्पनीका अनुसार यो जागिर घरमै
बसीबसी पनि गर्न सकिन्छ । अहिले यस्तो संजाल तयार गरिँदैछ की जसले अश्लील
सामाग्रीको पहिचान गर्नेछ । यो कार्य अन्तरगत मानिसहरुको अभिव्यक्ति
स्वतन्त्रताको अधिकारलाई पनि ख्याल गरिने बताइएको छ । यस्तो नेटवर्कका
प्रमुखको तलब वाषिर्क २ लाख चिनिया युआन हुनेछ ।

No comments:
Post a Comment