Total Pageviews

Monday, June 3, 2013

गार्‍हो छ जिउन by Jabeek KC (जबीक केसी)

गार्‍हो छ जिउन by Jabeek KC (जबीक केसी) 

गार्‍हो छ जिउन थाहा छ तिमी बिना
तै पनि कोशिस म गरुँला
भविश्य तिम्रो अमृत हुन्छ भने
जिन्दगीको बिश म हाँसेरै पिउँला
काँडा होश जीवन थाहा छ तिमी बिना
हरपल चुभिंदै म हाँसुला
मुस्कान एक तिम्रो लागि
आँशुको भेल नै म बहाउँला
तिमीसङ्ग बिताएका ति दुई पल
काफि छ जीउन मलाई जिन्दगी भर
तिमीले दिएका ति दुई चार खुशी
काफि छ पुछ्न बहने यी आँशु जति

(भुली देउ माया प्रितीका ति मिठा क्षण
जलाइदेउ याद आउने मेरा ति सबै थोक 
यो जुनिमा मिलन हाम्रो मिलन हाम्रो यो जुनिमा
बुझी देउ हेर छ असम्भव)२

(ख्याल ख्यालैमा नजानिकन)२
बस्न गयो माया पत्तै भएन 
तिम्रा ति हरेक कुराले 
लत्ठिएछु कि यसरी म
भुलेर आफ्नो सिमाना
पुग्न खोजेछु धेरै टाढा
मलाई बिर्सिदेउ सम्झिए तितो सपना
भुलि देउ माया प्रितीका ति मिठा दिन

 

No comments:

Post a Comment