विवादस्पद धर्म गुरु ओशो र उनकको आश्रम ड्रग्स र सेक्स हुनेको दाबी गरिएको
छ। कुनै समयमा ओशोकी सवै भन्दा नजिकी विश्वासपात्र मा आनन्द शीलाले यस्तो
खुलासा गरेका हुन्। हुन त यस भन्दा अघि पनि ओशो प्रति कयौं आरोप लागिसकेका
छन्। कुनै बेलाकी ओशोकी शिष्या शीला वडोदराको भाईली गाउँकी भएपनि हाल
स्विटजरल्याण्डकी हुन्।उनि ओशोको आश्रममा ५५ मिलियन डलरको हिनामिना गरेको आरोपमा ३९ महिना सम्म जेल बसेकी थिइन्। जेलबाट बाहिर आएको पुरै २० वर्षपछी आनन्द शिलाले एक कितावमा ओशो र ओशोको आश्रमसंग जोडिएको कुरा सार्वजनिक गरेकी हुन ।
मा आनन्द शिलाको नयाँ किताब 'डन्ट किल हिम'मा ओशोको धन, भौतिक सुख सुविधा र विलासिताको पर्दा खोलेकी हुन्। तर ओशोका समर्थकले भने आफ्नो कितावको चर्चाका लागि शिलाले यस्तो आरोप लगाएको बताउँछन्। शिलाले आफ्नो कितावमा ओशोसंग भएको भेट देखि आश्रम भित्रका कुराहरुको नालिबेली लेखेकी छिन्।
शिला 'डन्ट किल हिम'मा लेख्छिन्- ओशो एक अदभुत व्यापारी थिए,उनलाई आफ्नो प्रोडक्ट,त्यसको मु्ल्य र बजारको बारेमा राम्रो जानकारी थियो । उनि आश्रमलाई त्यसरी चलाउन चाहन्थे जसबाट पुरै खर्च रिकभर होस। त्यसैले आश्रममा छिर्न पैसा तिर्नु पर्थ्यो र आश्रममा आएका मानिसले मन परेको खाना पाउथ्यो तर त्यसको भरपुर पैसा तिर्नु पर्थ्यो।
शिलाले ओशोको आश्रम सेक्स गर्ने थलो बनेको पनि किताबमा लेखेकी छिन् । उनि लेख्छिन्-आश्रमको शिविरमा सवै भन्दा बढि चर्चा सेक्सको बारेमा हुन्थ्यो, भगवान ओशो आफ्ना शिष्यलाई सेक्सको इच्छालाई नदबाउनु र यसले कयौं कष्ट ल्याउछ भन्थे। उनि सेक्सलाई विना कुनै निर्णय स्विकार गर्न भन्थे। ओशोको उपदेशबाट प्रेरित उनका शिष्य बिना हिच्किचाहट र बिना नैतिक दबाबमा आश्रममा खुलम खूला सेक्स गर्दथे। '
शिलाका अनुसार आश्रममा प्रत्येक सन्यासी एक महिनामा करिब ९० जनासंग सेक्स गर्दथे ।
शिला लेख्छिन् -'मलाई यो देखेर आश्चर्य हुन्थ्यो दिनभरि काम गर्दा पनि आश्रमका सन्यासीहरु सेक्सको लागि समय र उर्जा बचाउँथे, मैले एक दिन एक शिष्यसंग कुरा गर्दा उसले दिनमा ३ फरक फरक महिलासंग सेक्स गर्ने गरेको बताउँथ्यो ।
उनि लेख्छिन, ओशोसंग ९३ वटा भन्दा बढि कार थियो, त्यसमा ३० वटा महगो रोल्स रोयस थियो, उनका भक्तहरु उनका लागि ३६५ वटा रोल्स रोयस किनि दिन चाहन्थे, ताकी प्रत्येक नयाँ दिन उनि नयाँ कार चढ्न सकुन। मा शिला आनन्दको किताव हाल निकै चर्चामा रहेको छ।
No comments:
Post a Comment