२३ जेठ, काठमाडौं । किष्ट बैंकका प्रमुख
कार्यकारी अधिकृत (सिइओ) कमल ज्ञवालीकी पत्नी गौरी खनाल (ज्ञवाली) लाई
प्रहरीले बुधबार साँझ महाराजगञ्जबाट पक्राऊ गरेको छ । बैंकिङ ठगीको कसुरमा
उनी पक्राउ परेकी हुन् । कसुरमा सिइओ ज्ञवालीसमेत तानिएको प्रहरी स्रोतले
बताएको छ ।
सिद्धार्थ
विकास बैंकबाट अनुचित तरिकाले ऋण लिई बैंकलाई १३ करोड नोक्सान गराएको
राष्ट्र बैंकको अनुसन्धानबाट खुलेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान
ब्यूरोको सहयोगमा गौरीलाई पक्राऊ गरिएको हो । महाराजगञ्जबाट पक्राऊ गरी
उनलाई महानगरीय प्रहरी प्रभाग, सिंहदरबारमा थुनिएको छ ।
सिद्धार्थ बैंकमा किष्टका सिइओ कमलकोसमेत
सेयर छ । यही प्रभावलाई प्रयोग गरी कमसल मूल्यको जग्गा देखाएर गौरीका नाममा
१३ करोड ऋण निकालेर नियतबस बैकिंङ ठगी गरेको राष्ट्र बैंकको निश्कर्ष छ ।
सिद्धार्थ बैंकलाई डुबाउने नियतले ऋण निकालिएको सिइओपत्नीमाथि आरोप छ ।
No comments:
Post a Comment