५ असार, काठमाण्डौ । उदास पत्नीलाई सुन्दर फूलसँगै प्रेमका सुन्दर अक्षर
पस्किने, अनि उदासिनताबाट मुक्त गराउने मीठो चाहना साँचेर आकाश जाटिया
शनिवार पहिले हात्तीसार पुगे । त्यहाँको पसलबाट ग्रिटिङ्सकार्ड किने ।
नागपोखरीमा एउटा फूल किने । तर, प्रेमका लागि किनेको कुनै फूल श्रद्धाञ्जली
बनेर अर्पित हुँदो रहेछ ।
अमेरिकाको बोष्टनमा एक कलेजमा पढ्दै गर्दा अंकुरित आकाश र भूमिका
जाटियाको त्यो प्रेम दाम्पत्यमा परिणत भएको पनि धेरै भएको छैन । दुवै
भारतीय मूलका उच्च घरानीया हुन । भूमिकाले त्यहीँबाट हेल्थ इन्जिनियरिङको
पढाई सकेर नर्भिक अस्पतालमा काम गर्दै थिइन् । आकाश दगदम्बा स्टिलको
सिन्थेटिक शाखा भैरहवामा काम सिक्दै थिए । आकाशको मूल थलो मुम्बई हो भने
भूमिका अमेरिकी नागरिक हुन, यहाँ भिसा लगाएर श्रीमानसँगै बस्दै आएकी थिइन् ।
दुवैको उमेर थियो करिव २६ बर्ष । आकाश खुसी नै भएपनि भूमिका उदास थिइन् ।
उनले आफ्ना बाबुलाई छिटो लिन आउनु मलाई ब्रेक चाहियो भन्दै इमेल लेख्ने
गर्थिन् । शुक्रबार कुतै डिनरका लागि जाने डिनर सिध्याएर कतै घुम्न जाने
सल्लाह भयो दुवै जनाको । तर सामान्य कुराले चलेको बिबादले उनीहरु बाहिर
निस्किएनन् ।
आकाशका काका मुम्बईबाट नेपाल घुम्न आएका थिए । शनिवार दिउँसो भूमिकाले आकाशलाई भनिन- ‘लिभ मी अलोन’-मलाई एक्लै छाडिदेउ) ।
आकाश घरबाट बाहिरिए । पत्नीको मन खुसी पार्न एउटा कार्ड र फूल किने ।
कार्डमा लेखे-’माफ गर पि्रय, मैले तिम्रो भावना बुझ्न सकिन ।’ आकाश घरबाट
निस्किएको २० मिनेटभित्रै घर फर्किए । घर पुग्दा ढोका बन्द थियो, ढोका
ढक्कढकाए, फोन गरे तर उठेन । पछाडीबाट हेर्दा बाथरुमभित्र झुण्डिएको डोरी
देखियो । ढोका फोडेर बाथरुममा पुग्दा भूमिका नाइलनको डोरी लगाएर झुण्डिएको
अबस्थामा भेटिइन् । त्यतिबेलासम्म उनले प्राण त्यागिसकेकी थिइन् । आकाशले
हतपत भूमिकालाई शिक्षण अस्पताल पुर्याए । अस्पतालले प्राण बाँकी नरहेको
बतायो । पत्यार नलागेर बल्खुको बयोधा अस्पताल पुर्याए, त्यहाँ पनि त्यही
जवाफ पाए आकाशले । मंगलबारमात्र भूमिकाको पोष्ट मार्टम भयो । अमेरिकी
दूतावासले उनलाई अमेरिका नै लगेर अन्त्येष्टी गर्ने भनेर ताकेता गरिरहेको
बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।
बैद्यको चेक साटेर जेलको बास
भन्न त प्रचण्ड नेतृत्वको माओवादीलाई क्यास माओवादी भनिन्छ । देश र
जनताका लागि भन्दा पनि आफ्नै लागि साइज साइजका टावर र अकुत सम्पत्ति
थुपार्नाले उनीहरु क्यासका नामले चिनिए । तर, ड्यासका नामले चिनिने मोहन
बैद्य नेतृत्वको नेकपा-माओवादीका कार्यकर्ता पनि कमका रहेनछन् । अरुको हैन,
स्वयं मोहन बैद्यको नाममा जारी भएको एउटा चेकबाट पैसा झिकी फरार एक मजदुर
अहिले फन्दामा परेका छन् । बाँसबारीमा कार्यालय रहेको होटल एसोसिएसन नेपाल
-हान)ले माओवादीको महाधिवेशनका बेला दिएको ६ लाख ५० हजार रुपैयाँको चेक
दियो । सनराइज बैंकको ०३८५३७४२ नम्बरको सो चेकको रकम अहिलेसम्म पार्टीमा
दाखिल नभएपछि खोजी हुँदै जाँदा ललितपुरतिरका मजदुर नेताका रुपमा चिनिने २२
बषिर्य मनोज थापाले यस्तो बदमासी गरेको पत्तो लाग्यो ।
मोहन बैद्यका नाममा आएको चेक देखेपछि बैंकका कर्मचारी चकित परे । किनकी
चेक साटन जाने मोहन बैद्य थिएनन, २२ बषिर्य ठिटो थिए । उनले आफु पार्टीको
जिम्मेवार कार्यकर्ता भएको भन्दै परिचयपत्र देखाए, त्यही परिचयपत्र फोटोकपी
गरेर कर्मचारीले पैसा दिए । पैसा पाएपछि उनले केही रकम हाताहाती खर्च
गरेछन कुनै काममा हैन मोजमस्तीमा । केही रकम उनले आफ्नो एभरेष्ट बैंक र
इन्भेष्टमेन्ट बैंकमा रहेको खातामा जम्मा गरेछन् । प्रहरीले उनलाई पक्राउ
गर्दा इन्भेष्टमेन्टको खातामा २ लाख ७१ हजार ९ सय १९ रुपैयाँ ३५ पैसा थियो ।
ठगीको अरोपमा गत जेठ २२ मा ललितपुर जिल्ला अदालतले उनलाई ७ लाख धरौटी
माग्यो । तिर्न नसकेपछि उनी अहिले नख्खु जेलको हावा खाइरहेको बुधबार
प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।
No comments:
Post a Comment