२६ जेठ, लमजुङ । आफ्ना परिवार र नातागोता बोकेर गत साता गृहजिल्ला लमजुङ
पुगेका कृषि तथा सहकारी एवं वन तथा भूसंरक्षणमन्त्री टेकबहादुर थापाले
तीनदिनसम्मको ३ लाख रुपैयाँ खर्च नतिरी गएको खुलेको छ । जिल्लाको एकीकृत
विकासको निरीक्षण गर्न तीन दिने प्याकेज बनाएर गएका थापाले आफ्ना साथमा १३
वटा सरकारी गाडी गुडाएका थिए ।उनी पैसा नतिरी काठमाण्डौं फर्किएपछि सबै खर्च भूसंरक्षण, खानेपानी तथा सरसफाइ डिभिजन, कृषि विकास, भेटेरेनरी/पशु कार्यालय तथा अन्नपूर्ण संरक्षण क्षेत्र -एक्याप) लगायतका सरकारी कार्यालयले उठाएर चुक्ता गर्ने भएको कारोबार दैनिकमा खबर छ ।
सरकारी कार्यालयको अनियमिततालगायत समग्र कृषि क्षेत्रको विकास निरीक्षण गर्न लमजुङ आएको भनिए पनि मन्त्री थापाले कुनै कार्यालयलाई पूर्वजानकारी नदिएको पनि खुलेको छ ।
उनी सदरमुकाम बेसिसहरस्थित गेटवे हिमालयन रिसोर्ट र आफन्त सिद्धिविनायक होटल बसेका थिए । उनको साथ लागेर आएका अन्य कर्मचारी तथा चालकहरुले भने अर्को गेस्ट हाउसमा राखिएको थियो ।
No comments:
Post a Comment