हमालको श्रीमति बन्न मन छ
ओहो, राजेश हमालको कुरा त के गर्नु, म उहाको साह्रै ठुलो फ्यान हुँ । उहाको
बोल्ने स्टाईलले त भुतुक्कै पार्छ मलाई । उहाँको बानी ब्यहोरा, समयमा
छायांकन स्थलमा आउने बानी मनपर्छ । उहाँ निक्कै जेन्टल हुनुहुन्छ । उहाँको
उचाई साह्रै सेक्सी छ । हेरेपछि हेरिरहुँ जस्तो । उहाँले अब बिहे गर्न
लागेका खबरहरु पनि सुनिरहेको छु । सायद आजसम्म उहाँले बिहेको बारेमा सोच्न
नै भ्याउनु नै भएन । सिनेमा क्षेत्रलाई हाँक्दा हाँक्दै बिहेलाई उहाँले
आजसम्म टाढा नै राख्नु भएको होला जस्तो लाग्छ । राजेश हमाल सुट पाईन्टमा
खुवै राम्रो देखिनुहुन्छ । नेपाली सिनेमामा उच्च योगदान गरेकै भएकाले
उहाँलाई महानायक भनिएको जस्तो लाग्छ । अब उहाँले विहे गर्नुपर्छ । ३०
बर्षको हारहारीको युवतीसँग बिहे गर्दा ठिक होला भन्ने लाग्छ मलाई । अब मलाई
उहाँसग श्रीमतीको भूमिकामा काम गर्न मन लागेको छ ।
अनु शाह
हमालको प्रेमीका बन्ने मन छ
नायक राजेश हमाल मलाई एकदमै मनपर्ने कलाकार हुनुहुन्छ । उहाँले चलचित्रमा
जसरी संवाद वोल्नु हुन्छ त्यसको त म फ्यान हुँ । सिनेमाको पर्दामा उहाँले
देखाउने हाउभाउ पनि खुवै मनपर्छ । मलाई उहाँको व्यक्तित्वले खुवै आकर्षण
गरेको । उहाको आँखा साह्रै सेक्सी छ । हेर्ने वित्तिकै मोहनी लगाउनुहुन्छ
जस्तो लाग्छ मलाई त । राजेश हमाल आजसम्म किन विहे नगरी बस्नु भएको होला
भनेर कहिलेकाही मैले पनि सोच्ने गर्दछु । सायद उहाँलाई बिहे नै नगरी बस्न
मन लाग्यो होला । उहाँ सुट र पाईन्टमा खुवै ह्यान्डसम देखिनुहुन्छ । लामो
समयदेखि नेपाली सिनेमा क्षेत्रलाई हाकेकोले उहाँलाई महानायक भनिएको होला
जस्तो लाग्छ मलाई । उहाले अब विहे गर्नुपर्छ भन्ने लाग्छ । बिहे गर्दा
उहाँलाई ३५ बर्ष सम्मकी युवती खुबै सुहाउछ । अब उहाँको प्रेमीका बनेर काम
गर्ने खुबै ठुलो रहर छ ।
बेनिशा हमाल
हमालले केटी नपाएर होला
राजेश हमाल नेपाली सिनेमा क्षेत्रको धरोहर हो । उहाँको म सानैदेखिको ठुलो
फ्यान हुँ । उहाँले सिनेमाको पर्दामा आफ्नो भुमिकालाई धेरै नै ख्याल
गर्नुहुन्छ । उहाँलाई सुटिङमा आउँदा बाहीरी कुराले खासै प्रभाव पार्दैन ।
टेक नभएको समयमा पुस्तक पढेर बस्ने उहाँको बानी साह्रै राम्रो लाग्छ ।
उहाँको व्यक्तित्व, आम मानिससँग बोल्ने तरिका र आफुलाई जुन तबरबाट उहाँले
मेनटेन गरीरहनु भएको छ, यसबाट म धेरै नै आकषिर्त रहेको छु । उहाँको आँखा
साह्रै सेक्सी लाग्छ । उहाँ आजसम्म अविवाहीत रहनुको कारण सोचेजस्तो केटी
नपाएकाले पनि होला । राजेश हमाललाई सेतो कुर्ता खुबै सुहाउँछ । तर, उहाँले
आजसम्म यो पहिरन लगाएको मैले थाहा पाएको छैन । मन मिल्यो भने यही नै उमेर
भएको केटी आवश्यक छ भन्ने पनि होईन । मलाई उहाँको प्रेमिका भएर काम गर्न मन
लागेको छ । आशा छ यो मेरो सपना पनि चाँडै नै पुरा हुनेछ ।
बिनिता बराल
हमाल मेरो आधुनीक ड्याडी
राजेश हमाल नेपाली सिनेमा क्षेत्रको महानायक हुनुहुन्छ । उहाँले धेरैलाई
नायिका, निर्देशक र निर्माता बनाईदिनुभएको छ । सिनेमा क्षेत्रलाई २२
बर्षदेखि निरन्तर हाकेर आएकाले उहाँलाई महानायक भनिएको हो जस्तो लाग्छ ।
उहाँको पर्सनालिटी र व्यवहार साह्रै मनपर्छ मलाई । उहाँसँग बोल्न थालेपछि
बोलेको बोलै गरुँ जस्तो लाग्छ । हमाल जीको सेक्सी अंग उहाँको उचाई हो ।
अग्लो ज्यानमा सुट वुट लगाएर सजिदा हेरेको हेरै हुन्छु म त । विहे किन
गर्नु भएन त्यो त उहाँको निजी मामला भयो, तर आजसम्म नजुरेर नै होला । अब
उहाँले बिहे गर्नुपर्छ जस्तो लाग्छ । मन मिल्यो भने उमेरले केही छेक्दैन ।
मेरो आधुनीक ड्याडि भनेर चलचित्रको पर्दामा म सबैलाई चिनाउन चाहन्छु ।
अनलाइनखबर




No comments:
Post a Comment