Total Pageviews

Tuesday, June 11, 2013

गायक राजेशपायल राईले लिंग ताछेपछि ...

अचम्म नमाने हुन्छ। उत्सुकताले भरिएका युवाहरू जे पनि गर्न तयार छन्। अहिले उनीहरू धमाधम आफ्नो लिंगलाई ढाक्ने छाला (foreskin) ताछ्न थालेका छन्। चिकित्सकको सहयोगमा उनीहरूले छाला कटाउन थालेका हुन्। यौनमा सक्रियता बढ्छ भन्ने मान्यता राखेर लिंग ताछ्नेहरूको संख्या बढेको हो। यसलाई अंग्रेजीमा सर्कमसिजन(circumcision) गर्नु पनि भनिन्छ। लिंगको छाला काट्ने युवासँग यस विषयमा जिज्ञासा राखे उनीहरू यसको फाइदाका सम्बन्धमा सरसर्ती वेलीविस्तार लगाउन पछि पर्दैनन्। सुन्नेलाई पनि अचम्म लाग्न सक्छ। उनीहरूले के गर्न खोजेका हुन् ? अरूले पनि गोप्य रूपमा लिंगको छाला कटाए होला, तर त्यति चर्चा भएन। जब गायक राजेशपायल राईले आफ्नो लिंगको छाला कटाए तब यसको चर्चा ह्वात्तै चुलियो। यस विषयमा उत्सुकता राख्ने पुरुष अहिले आफू पनि त्यसै गर्न अस्पताल चहार्न थालेका छन्। यसको सोधखोज गर्नेहरू पनि बढेका छन्।
132‘छाला काटेपछि त सेक्सको ड्युरेसन पनि बढ्छ रे,’ एक युवक जिज्ञासापूर्वक भन्दै थिए- ‘काट्ने स्थानचाहिँ कहाँ होला ?’ राजधानीका एक मोडल पनि आफ्नो लिंगको छाला ताछ्न आतुर छन्। साथीभाइको कुरा सुनेर पनि आफू उक्त निर्णयमा पुगेको उनले बताए। युवापुस्ता त छँदैछ, उमेरले ५० नाघेकाहरू पनि लिंगको छाला ताछ्न उत्सुक छन्। भर्खरै बानेश्वरका एक वृद्धले ५६ वर्षको उमेरमा आफ्नो लिंग ताछे। यौनसम्पर्कको अवधि बढाउन त्यसो गरेको उनले बताए। टेलिभिजनबाट प्रसारित यौन विषयक एउटा कार्यक्रम हेरेपछि आफूले यस विषयमा जानकारी पाएको उनले बताए। त्यसपछि डाक्टरलाई भेटेर उनले आफ्नो लिंगको छाला कटाए। व्यक्तिको अवस्थाअनुरूप लिंगको छाला काट्नुपर्ने डा. नीरज सुवेदी बताउँछन्। लिंगको छाला काट्नुपर्ने विभिन्न कारण छन्, तर पनि यौनकै लागि उत्सुकताले भरिपूर्ण पुरुषहरू चिकित्सककहाँ धाउने गरेका छन्। डा. सुवेदी भन्छन्- ‘अहिले यौनकै लागि लिंगको छाला काट्न मकहाँ आउने थुप्रै छन्

No comments:

Post a Comment