Total Pageviews

Wednesday, June 12, 2013

आफू अनुकुल काम नभएपछि कार्यालय प्रमुखमाथि यौन दुर्व्यवहारको आरोप’

कार्यालय प्रमुखले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीमा कार्यरत महिला

राष्ट्रिय महिला आयोग, जिल्ला प्रशाशन कार्यालय, महिला सम्बद्ध विभिन्न संघसस्था लगायत अनुसन्धानमा खटेका अधिकारीहरुले एक साता लामो अध्ययनपछि उक्त आरोप निराधार भएको निष्कर्ष निकालेका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख महेश्वरप्रसाद श्रेष्ठमाथि कार्यालयकी एक कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै करिब तीन दर्जन संघसंस्थामा उजुरी दिएकी थिइन् । जसमा राष्ट्रिय महिला आयोगले प्रेस विज्ञप्ती नै निकालेर चरीत्र हत्या गर्ने उद्धेश्यले मात्र महिलाले दुर्व्यवहारको नाटक गरेको बताएको छ ।

‘आरोप पुष्टि गर्ने आधार, दुवैको चरित्र र व्यवहारबारे साह्रै सुक्ष्म अध्ययन गर्‍यौं,’ अनुसन्धानमा संलग्न राष्ट्रिय महिला आयोगकी सदस्य धनेश्वरी चौधरीले भनिन्, ‘तर कतैबाट पनि उनी कार्यालय प्रमुखबाट कुनै प्रकारको यौन हिंसा या दुर्व्यवहारमा परेको भेटिएन ।’ उनले अध्ययन गर्दै जाFदा ती महिलाले यसअघि अन्य कार्यालय प्रमुखलाई पनि आफू अनुकुलको काम गर्न नमाने जवरजस्ती करणी गर्न खोजेको भन्दै उजुरी दिने भन्दै धम्क्याउने गरेको भेटिएको बताइन् । लुम्बिनी अञ्चल अस्पतालमा रहँदा पटक पटक त्यहाँका चिकित्सक तथा प्रमुखसँग यही विषयमा बार्गेनिङ गरिरहेको उनीहरुले बयान दिएका छन् ।

सरुवा भएर पनि काज लिँदै घरपायकमा बसेकी अधिकृतस्तरकी ती महिला कर्मचारी र आर्थिक मामिलामा कमजोर कार्यालय प्रमुख श्रेष्ठबीच शक्ति सन्तुलन र जिम्मेबारी बाँडफाँटका बारेमा झगडा हुने गरेको थियो । त्यसलाई ‘इगो’ बनाएर महिला कर्मचारीले पटक पटक सार्वजनिक कार्यक्रम र गोष्ठीमासमेत अवरोध पुर्‍याएकी थिइन् । उनको कुनै पनि विरोधका काममा अन्य कर्मचारीले सहयोग नगरे पनि उनले अन्तिम अस्त्र स्वरुप यौन हिंसाको बहाना बनाएकी थिइन् ।

आरोप पुष्टि गर्ने आधार नभेटेको बताउँदै आसय करणीको उजुरी लिएको जिल्ला प्रशाशन कार्यालय रुपन्देही पनि उजुरी अगाडि बढाउने प्रक्रियाबाट पछि सरेको छ । प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले महिलाको उजुरी अनसार सत्यतथ्य पत्ता लगाउन प्रहरी र सरकारी वकिललाई जिम्मा दिएको र अहिलेसम्म केही नपाएको बताए । महिलाको आरोप पुष्टि हुने आधार नभेटिएकाले उनको उजुरी अदालतमा लैजाने र आरोपितलाई कारबाही प्रक्रिया थाल्ने काम नगरेको उनले जनाए । ‘कसैले कसैलाई आरोप लगाउँदैमा त्यसमाथि कारबाही प्रक्रिया थाल्न सकिएन,’ उनले भने, ‘अध्ययनले आरोप पुष्टि हुने आधार भेटाउनु पर्छ । ‘

महिलाले कार्यालय प्रमुखबाट आफू यौन दुर्व्यवहारमा परेको भन्दै संघसस्थामा उजुरी दिएलगत्तै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीमा कार्यरत महिला कर्मचारीहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गराउन ती महिला कर्मचारीले यौनको हिंसाको नाटक रचेको र सत्यता नभएको भन्दै पत्रकार सम्मेलन गरेर आपत्ति जनाएका थिए । कार्यालयमा नियमीत बैठक हुने र साह्रोगाह्रो साटासाट हुने कुनै समयमा यस्ता कुरा ननिस्केको बताउँदै उनीहरुले कार्यालय र प्रमुखको बदनाम गराउन मात्र ती महिलाले हिंसाको नाटक गरेको दावी गरेका थिए । स्टार्फ नर्स माधुरी ज्ञवालीले भनिन्, ‘उनलाई समस्या परेको भए कुनै न कुनै स्टाफ मिटिङमा कुरा निकाल्थिन् न हामीसँग कुरा राख्थिन् । एक्कासी प्रशासन र संघ संस्थाकहाँ जाँदिनथिन् ।
कर्मचारीले लगाएको आरोप झुटो र निराधार देखिएको छ ।

No comments:

Post a Comment