काठमाडौ । एकीकृत नेकपा (माओवादी) निकट
अखिलक्रान्तिकारीकी नेत्री (माओवादी अध्यक्ष प्रचण्डपुत्र प्रकाशकी
श्रीमती) बीना मगर सार्वजानिक । गतवर्ष प्रकाशसँग भागेर भारत निर्वासनमा
रहेकी बीना काठमाडौमा प्रकट भएकी हुन् ।
अखिल क्रान्तिकारीले काठमाडौको राष्टिय सभागृहमा आयोजना गरेको कार्यक्रममा
बीना सार्वजानिक भएकी हुन् । यसअघि उनले सामाजिक संजालमा नयाँ फोटो
पोष्टगरेपनि सार्वजानिक कार्यक्रममा देखिएकी थिइनन् ।
बीनालाई देखेपछि क्रान्तिकारीका विद्यार्थी त्यतैतर्फ झुम्मिएका थिए । उनले
आफ्ना सखीसँग राजनीतिमा फर्किने बताएकी छन् । बीना लैनचौर स्थित सरस्वती
क्याम्पसकी स्ववियु सभापति हुन् ।
गतबर्ष सगरमाथा चढन जाने क्रममा प्रकाश दाहालसँग पिरती बसेपछि बीनाले
प्रकाशसँग दोस्रो बिहे गरेकी थिइन । विद्यार्थी राजनीति छाडेर बिनाले महिला
फाँटमा कामगर्ने रुची राखेको माओवादी स्रोतले जनायो ।
No comments:
Post a Comment