Total Pageviews

Tuesday, June 4, 2013

पत्त्याउनु हुन्छ ? दश प्रतिशतले गर्छन् अफिसमै यौनक्रिडा

एक अध्ययनले सयमा दश जना मानिसले आफ्नो कार्यालयमै सम्भोग गर्ने गरेको देखाएको छ । रोजगारी सम्बन्धी एक इन्टरनेट साइट ग्लासडोरले गरेको सर्भेक्षणले यस्तो देखाएको हो । आफ्ना १ हजार जना प्रयोगकर्तामा गरिएको अनलाइन सर्भेक्षणका क्रममा दश प्रतिशतले कार्यालयमै प्रेम र यौनलाई मूर्त रुप दिने गरेको बताएका छन् ।

५१ प्रतिशत मानिसले कार्यालयभित्र आफ्नो सहकर्मीसाग प्रेम गर्न तथा सेक्स गर्नु कुनै नराम्रो काम नभएको बताए । सयमा ३७ जनाले सहकर्मीसाग रोमान्टिक गफ तथा अन्य व्यवहार गर्ने गरेको बताए । यता २२ प्रतिशतले भने आफुले कार्यस्थलमा सहकर्मीसाग कुनै प्रेम तथा यौनजन्य कार्य नगरेको स्पष्टीकरण दिएका छन् ।

No comments:

Post a Comment