Total Pageviews

Tuesday, June 11, 2013

एसएलसीको नतिजा सार्वजनिक, ४१ दशमलव ५ प्रतिशत उत्तिर्ण

काठमाडौ, जेठ २८ – (अपडेट) परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी परीक्षा परीक्षाफल प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार ४१ दशमलव ५ प्रतिशत उत्तिण भएका छन् । एसएलसीको परीक्षाफल तलको लिंकबाट डाउनलोड गरेर हेर्नुहोस् ।

REGULAR (PDF File) 
EXEMPTED (PDF File) 
उत्तीर्ण प्रतिशत र अरु थप जानकारी भने अहिले साढे तीन बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भैरहेको छ । स्रोतका अनुसार नियमित तर्फ ४१ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षाफल प्रकाशित गर्नका लागि पत्रकार सम्मेलन गर्नुअघि नै पनिकाले आफ्नो वेवसाइटमा परीक्षाफल राखेको हो ।
यसअघि बिहान परीक्षा समितिको बोर्ड बैठक बसेको थियो ।
एसएलसीको नतिजा सार्वजनिक भए लगत्तै शिक्षा मन्त्रालय, शिक्षा विभाग, परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेवसाइटसँगै उज्यालो ९० नेटवर्कको एसएमएस सेवाबाट पनि थाहा पाउन सकिन्छ ।

यसरी गर्ने एसएमएस

मोबाइलको म्यासेज बक्समा slc टाइप गरी एक स्पेस दिएर अल्फाबेट सहितको सिम्बोल नम्बर (जस्तै slc 0455555B) लेखी ५५६६ मा एसएमएस पठाएमा नतिजा थाहा हुन्छ ।
यस्तै शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np शिक्षा विभागको www.doe.gov.np परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np  र नेपाल टेलिकमको  slc.ntc.net.np  मा गएर नतिजा थाहा पाउन सकिन्छ ।
यस्तै नेपाल टेकिमको १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ । यसवर्ष कार्यालयले शुल्क तिरेर पत्रिकामा नतिजा नछाप्ने बताएको छ ।
गएको चैतमा भएको एसएलसी परीक्षामा नियमित तर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ १ लाख १७ हजार ६८ गरी ५ लाख ४७ हजार एकसय ६५ विद्यार्थी सहभागी थिए ।

No comments:

Post a Comment