३ असार,नुवाकोट ।
अव्यवस्थित रुपमा फ्याक्दै आएको फोहोरले नुवाकोटमा रोगको प्रकोप फैलिएको छ
। काठमाडौ महानगरपालिका र ललितपुर उप–महानगरपालिकाको फोहोर फ्याकिदै आएको
नुवाकोटको डपिङ साइट अन्तरगत ओखरपौवा गाँउ विकास समितिको वडा नम्बर ४ को
तल्लो सिउडिनीमा रोगको प्रकोप फैलिएको छ । शनिबारदेखि फैलिएको रोगको
प्रकोपले तल्लो सिउडिनी क्षेत्रका नागरिकहरुमा महामारी फैलिएर काठमाडौको
विभिन्न अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । महामारी फैलनुमा
महानगरपालिकाले अव्यवस्थित रुपमा फ्याक्दै आएको फोहोरको कारण भएको अनुमान
गरिएको छ ।
तर, तल्लो सिउडिनीबासीको पानीको मुहानमा वर्षाको पानी पसेकाले खानेपानीबाट
पनि प्रकोप फैलिएको हुनसक्ने आंशका स्वास्थ्यकर्मीहरुले गरेका छन् ।
अव्यवस्थित रुपमा फ्याकिएको फोहोरबाट हैजा फैलिएको अनुमान गरिएपनि
सिउडिनीवासीले प्रयोग गर्ने पानीको जाँच गराउने प्रक्रिया जारी रहेकाले
हैजा के बाट फैलिएको भन्ने वास्तविक तथ्य अहिलेनै थाहा नहुने टेकु
अस्पतालका चिकित्सकहरुले बताएका छन् । सिउडिनीवासीले प्रयोग गर्ने पानीको
जाँचको प्रतिवेदन आउन बाँकी रहेकाले प्रकोप फैलनुको कारण पत्ता लागिसकेको
छैन । प्रकोपबाट बिरामी भएका १५ जना भन्दा बढी बच्चाहरुलाई काठमाडौको
महाराजगञ्ज स्थित कान्ति बाल अस्पताल र २८ जना बयस्क तथा वृद्धलाई
काठमाडौको टेकु अस्पतालमा उपचार गराइ रहेको अस्पतालमा रहनुभएका चाउथेका
सिताराम आचार्यले जानकारी दिनुभएको छ । काठमाडौको टेकु अस्पतालमा अहिले २८
जना रहेको र गाँउमा पनि अझ केही बिरामीहरु रहेको आचार्यले जानकारी
दिनुभएको छ । काठमाडौ महानगरपालिका र ललितपुर उपमहानगरपालिका दैनिक करिब ४
सय टन उत्पादन हुदै आएको फोहोर व्यवस्थापन क्षेत्र नुवाकोटको ओखरपौवाका
विभिन्न गाउँहरु, कुमरी, चाउथे, धादिङको छत्रे देउराली लगायतका क्षेत्रमा
फ्याकिदै आएको छ ।
No comments:
Post a Comment