Total Pageviews

Tuesday, June 11, 2013

राजस्थानका मालिक निलम्बनमा

राजस्थानका मालिक निलम्बनमादिल्ली – भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले इन्डियन प्रिमियर लिग (आइपिएल) का खेलहरूमा बाजी राखेको पाइएका राजस्थान रोयल्सका मालिक राज कुन्द्रालाई निलम्बन गरेको छ। उनी र भारतीय बलिउड अभिनेत्री शिल्पा सेठ्ठीको राजस्थानमा संयुक्त लगानी छ। कुन्द्रा शिल्पाकी पति हुन्। 'राज कुन्द्रालाई छानबिन जारी रहेसम्म बिसिसिआईमातहात रहेर काम गर्न वञ्चित गरिएको छ,' आपतकालीन बैठकपछि बिसिसिआईले सोमबार विज्ञप्तीमार्फत भनेको छ। बैठकमा 'स्पट फिक्सिङ' काण्ड बारे पनि छलफल भएको थियो। आइपिएलका खेलका क्रम भएको 'स्पट फिक्सिङ' को छानबिन गरिरहेको दिल्ली प्रहरीसँग गत साता छानबिनमा कुन्द्राले बाजी राख्ने गरेको स्वीकारेपछि बिसिसिआईले यो निर्णय गरेको हो। आइपिएलको नियमानुसार प्रतियोगितालाई विवादित बनाउन खोजेमा कुनै पनि टोलीका अधिकारीलाई निलम्बन गर्न पाउनेछ।
कारबाहीमा पर्ने कुन्द्रा दोस्रो टोली अधिकारी हुन्। बिसिसिआईका अध्यक्ष नारायण स्वामी श्रीनिवासनका ज्वाइँ तथा चेन्नई सुपर किंग्सका उच्चअधिकारी गुरुनाथ मेइयापनलाई यसअघि नै निलम्बन गरिसकेको छ। चेन्नई सुपर किंग्सको स्वामित्व लिइरहेको इन्डिया सिमेन्ट कम्पनीका प्रबन्ध निर्देशक रहेका श्रीनिवासनले मेइयापनको छानबिन प्रतिवेदन आएपछि बिसिसीआई छाड्ने बताइसकेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र बिसिसिआईका पूर्वअध्यक्ष जगमोहन डाल्मियालाई अहिले बिसिसिआईका कार्यबाहक अध्यक्ष बनाइएको छ।
राजस्थान रोयल्सका तीन खेलाडी भारतीय टेस्ट तीब्र बलर श्रीशान्थसहित अंकित चाभान र अजित चन्डिलाले बाजीगर अनुसार जानाजानी रन बढी खर्चेर रकम असुलेको पाइएपछि आइपिएलमा 'स्पट फिक्सिङ' को आगो सल्किएको थियो। टोलीका अर्का खेलाडी सिद्धार्थ त्रिदेवीमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

No comments:

Post a Comment