काठमाडौं – सार्वजनिक भएको प्रवेशिकाको नतिजामा विशिष्टश्रेणि -डिस्टिङ्सन)
ल्याएपनि एक छात्र फेल भएका छन् । चितवनको नारायणगढस्थित बालकुमारी
इङ्गलिस स्कुलका छात्र देवेश अधिकारी विशिष्ट श्रेणी ल्याएर पनि फेल भएका
हुन् । सिम्बोल नम्बर ०३४४७३५ ‘ए’ भएका उनको सबै विषयमा राम्रो नम्बर आएपनि
सामाजिकमा १८ अंक आएपछि फेल भएका हुन् ।’नतिजाअनुसार देवेशको नेपाली विषयमा ७१, बाँकी ६ ओटा विषयमा ९० भन्दा बढि अंक आएको छ । फेल भएको सामाजिकको १८ अंक जोड्दा उनको ८१.७५ प्रतिशत अर्थात ६ सय ५४ नम्बर आएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक खगराज बरालले विद्यार्थीको प्राप्ताङक सही भएको हुन सक्ने बताए । अन्य विषय राम्रो भएपनि सामाजिक राम्रो नभएको उनसक्ने उनले दाबी दिए । उनले कार्यालयको लापरवाही भएको आरोपको खण्डन गरे । तर विगतमा पनि यस्तो गल्ती हुँदै आएकाले यो पनि लापरबाही हुन सक्ने स्रोतको दाबी छ । नतिजा अप्रत्यासित आएपनछ देवेशले कपि रिटोटलिङ्ग गराउने भएका छन् । देवेशले टेस्ट परीक्षामा ८८ प्रतिशत अंक ल्याएका थिए ।
No comments:
Post a Comment