चलचित्र चल्नका लागि गीतसंगीत र संवादको
भूमिका महत्वपूर्ण हुन्छ । संवाद हिट भएका चलचित्रहरु सफल भएका छन् । यसअघि
‘सायद’ सिनेमा सफल बनाएर चर्चामा आएका निर्माता सुनिल रावलको नया“ सिनेमा
‘होस्टेल’ पनि अहिले संवादकै कारण चर्चामा छ । चलचित्रमा समावेश ‘हट त
उसिनेको आलु पनि हुन्छ, केटी भनेको क्यूट हुनुपर्छ’ भन्ने संवाद अहिले
चर्चामा छ ।यो
संवाद सामाजिक संजालहरुमा यति धेरै हिट भएको छ कि यसको रिमिक्स भर्सन पनि
प्रशस्त देखिन थालेका छन् । सामाजिक संजाल फेसबुकमा यो संवादलाई नै मध्यनजर
राख्दै नया“ नया“ र रमाइला खालका संवादहरु तयार भएका छन् । फेसबुकमा
‘होस्टेल’को संवादलाई आधार बनाएर तयार पारिएका केही रमाइला संवादहरु
छ्याप्तछ्याप्ती भेटिन्छन् । केही संवादहरुलाई हामीले यहा“ प्रस्तुत गरेका
छौ ।
१. केटा भएपछि ह्यान्डसम र सेक्सी हुनुपर्छ, स्मार्ट त फोन पनि हुन्छ ।
२.प्रेमिका भनेको हाइटी हुनुपर्छ, डल्लो त खुर्सानी पनि हुन्छ ।
३. छोरा भनेको डाक्टर हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ ।
४. ब्याइफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ ।
५. केटी भनेको सेक्सी हुनुपर्छ, बुलेट त बाइक पनि हुन्छ ।
फेसबुकमा देखिएका यस्ता खालका संवादले
आफूलाई खुशी लागेको निर्माता रावलले बताए । यो चलचित्रको सफलताको संकेत पनि
हो, उनले भने । दर्शकलाई संवाद मनपरेकाले सिनेमा राम्रो चल्ने विश्वास
रावलको छ । अनमोल केसी, सलोन बस्नेत, रिस्ता बस्नेत, गौरब पहाडी लगायतका
कलाकारले अभिनय गरेको यो चलचित्र भदौ १४ गतेबाट देशभरका हलमा प्रदर्शनमा
आउ“दैछ । चलचित्रलाई हेमरज बीसीले निर्देशन गरेका हुन् ।
No comments:
Post a Comment