Total Pageviews

Sunday, June 30, 2013

मैले मन पराउने युवक र म एउटै कलेजमा पढ्छौं - लभगुरु रेखा

मैले मन पराउने युवक र म एउटै कलेजमा पढ्छौं।

 

मैले मन पराउने युवक र म एउटै कलेजमा पढ्छौं। पहिले उसले मलाई धेरै माया गथ्र्यो र म पनि उसलाई असाध्यै माया गर्थें। उसले बेलाबखत मलाई धोका नदिने वाचा-कसम पनि खान्थ्यो, तिमीबिना बाँच्न सक्दिनँ, मलाइ नछोड भनेर सम्झाउँथ्यो, तर गएको भ्यालेन्टाइन डेको दिन उसको र मेरो ब्रेकअप भयो। आजभोलि कलेजमा ऊ मलाइ टाढैबाट हेर्छ। नजिक पुग्दा पनि नदेखे झैं गर्छ। त्यसपछि मैले उसलाई ब्रेकअप नगर भनें, उसले एक वर्ष पर्ख भन्यो तर म त्यति पर्खन सक्दिनँ। अब मैले के गर्दा राम्रो होला ?


भावनात्मक रूपमा तपाईंहरूबीच ब्रेकअप भैसकेको छ। यस्तो स्थितिमा पनि तपाईं आफ्नो सम्बन्धलाई निरन्तरता दिन चाहनुहुन्छ भने त्यो तपाईंको भूल हो। किनभने अहिलेको स्थितिमा तपाईंहरूको सम्बन्धमा निरन्तरताको चाहना तपाईंको मात्र हो भन्ने कुरा तपाईंको पत्रबाट स्पष्ट हुन्छ। यस्तो स्थितिमा पनि सम्बन्धमा निरन्तरता चाहनुहुन्छ भने तपाईंको कथित ब्वाइफ्रेन्डले त्यसको नाजायज लाभ उठाउने सम्भावना प्रबल हुन्छ, जसको तपाईंले घाटा मात्र बेहोर्नुपर्ने हुन्छ। एकपटक ब्रेकअप भैसकेको मायामा पनि तपाईंको कथित ब्वाइफ्रेन्डले तपाईंलाई एक वर्ष पर्ख भन्छ भने तपाईंले कुरा बुझ्नुपर्ने हो, तपाईंको कथित ब्वाइफ्रेन्ड अहिले अरू कसैको चक्करमा छ र त्यहाँ असफल भए मात्र ऊ तपाईकहाँ र्फकने सुरसारमा छ। यस्तो स्थिति तपाईंका लागि थप घातक हुनसक्छ। त्यसैले उक्त युवकलाई आफ्नो मनमस्तिष्कबाट निकालिदिनुपर्छ। यसैमा तपाईंको कल्याण छ, किनभने जीवनमा तपाईंले भेट्ने युवक भनेको त्यो एक जना मात्र होइन।
 

No comments:

Post a Comment