उमेरले डाडा काटे पनि यौन इच्छाले भारतीय नागरिक रामजित राघवलाई छोडेको
छैन् । उनी ९६ वर्षमा बाबु बनेका छन् । ९६ वर्षमा बाबु बनेसँगै उनले
विश्वमा सबैभन्दा बढी उमेरमा बाबु हुने कीर्तिमान तोडेका छन् ।
यसअघि उनले सन् २०१० मा उनकी पत्नी शकुन्तलाले पहिलो छोरा जन्माएकी थिइन् ।
शकुन्तलाले ५४ वर्षको उमेरमा अर्को छोरा जन्माएपछि राजितले आफ्नै
कीर्तिमान तोडेका हुन् । राजित राघव भारतको राजधानी नयाँ दिल्लीभन्दा ३१
माइल टाढा हरियाणा राज्यको खरखोडाका स्थानीय बासी हुन् ।
वृद्ध उमेरमा बाबु बनेका रामजितले भनेका छन् ‘यो सबै ईश्वरको मर्जी हो ।
उपरवालाको इच्छा नै मेरो अर्को छोरा होस् भन्ने भएपछि म यसमा के गर्न सकछु र
?’ सामान्य खेती किसानीमा व्यस्त जीवन यापन गर्दै आएका रामजितले अस्पतालमा
चिकित्सक समक्ष आफू बाबु भएको दाबी गर्दा चिकित्सकले हाँसेर उडाएका छन् ।
९६ वर्षमा बाबु बने पनि अन्य भारतीय नागरिक भन्दा उनको औसत आय भने कम्ति
रहेको छ ।भारतको हरियाणाको सरकारी अस्पतालमा शकुन्तलाले गएको महिनामा छोरा पाएपछि
उनी ९६ वर्षमा बाबु भएको पक्का भएको हो । चाहाना नहुँदानहुँदै पनि ईश्वरको
वरदान भएको बताउने उनले शकुन्तलालाई छोराछोरी नपाउने गरी शल्यक्रिया गर्न
भनिसकेको समेत बताएका छन् ।
उमेरले डाडा काटेपछि पनि उनी भन्छन् ‘एक रातमा दुई देखि तीन पटकसम्म यौन
सम्पर्क गर्छु ।’ उनको यौ यौन सम्पर्कको शैलीलाई छिमेकीले उत्साहाका साथ
हेर्ने गरेका छन् । छिमेकीको जिज्ञासालाई मेट्दै उनी भन्छन् ‘भगवतइच्छा, म
स्वास्थ्य छु र सहवासको आनन्द लिन्छु । मलाई लाग्छ पतिपत्नीको मधुर
सम्बन्धा लागि नियमित यौन सम्पर्क हुनु महत्वपूर्ण हुन्छ । शकुन्तलाले यौन
सम्पर्कका लागि भन्दा म रातभरि नै सहवास गर्न सक्छु, तर छोराका लागि अहिले
हामीले आफ्ना यौनेच्छा पन्छाएका छौँ ।’
No comments:
Post a Comment