बिरालोले बाटो काट्यो भने,
'स्पिड कन्ट्रोल' गर्नुपर्छ
'कम्पाउण्ड' मा काग करायो भने,
चारो हाल्दिनुपर्छ
घरमा कुकुर रोयो भने,
'भेटनरी' लानुपर्छ
बारीमा स्याल करायो भने,
ढोका बलियो थुन्नुपर्छ।
दायाँ आँखा फर्फरायो भने,
'आँखा अस्पताल' जानुपर्छ
बायाँ आँखा फर्फरायो भने,
झन् छिटो जानुपर्छ
बाडुल्की लाग्यो भने,
तातो पानी तन्काउनुपर्छ
घाँटी खसखसायो भने,
'कफ सिरप' दन्काउनुपर्छ।
चुलोमा आगो भर्भरायो भने,
ग्यास सकिन सक्छ
डाडु पन्यू चाट्यो भने,
माँझ्न सजिलो हुन्छ
साँझ घर बढार्यो भने,
बिहानलाई सजिलो हुन्छ
बच्चाले कुच्चो लगायो भने, मम्मीलाई 'हेल्प'
हुन्छ।
नङ फुल्यो भने, पालिस किन्नुपर्छ
कपाल फुल्यो भने,
'हाइलाइट' गर्नुपर्छ
लोग्ने मान्छे रोयो भने,
मन हल्का हुन्छ
स्वास्नीमान्छे हाँस्यो भने,
झन् हल्का हुन्छ।
हात चिलायो भने,
साबुन पानीले धोइहाल्नुपर्छ
रित्तो गाग्रो देखियो भने,
खानेपानीमा फोन गरिदिनुपर्छ
यात्रामा 'दर्जी दाइ' देखिए भने,
अस्तिको पैसा दिएर
जानुपर्छ
बाटामा 'विश्वकर्मा भाइ' भेटिए भने, साथै
लिएर
हिँड्नुपर्छ
दलितहरू मन्दिर पस भने,
पुजारीको आम्दानी बढ्छ
'पुजारी'हरू दलितकहाँ बसे भने, चिया खर्च घट्छ
बाहुनले बंगुर खायो भने,
बंगुरजस्तै मोटाउँछ
अन्धविश्वासको पछि लाग्यो भने,
लंगुरजस्तै दुब्लाउँछ।
'स्पिड कन्ट्रोल' गर्नुपर्छ
'कम्पाउण्ड' मा काग करायो भने,
चारो हाल्दिनुपर्छ
घरमा कुकुर रोयो भने,
'भेटनरी' लानुपर्छ
बारीमा स्याल करायो भने,
ढोका बलियो थुन्नुपर्छ।
दायाँ आँखा फर्फरायो भने,
'आँखा अस्पताल' जानुपर्छ
बायाँ आँखा फर्फरायो भने,
झन् छिटो जानुपर्छ
बाडुल्की लाग्यो भने,
तातो पानी तन्काउनुपर्छ
घाँटी खसखसायो भने,
'कफ सिरप' दन्काउनुपर्छ।
चुलोमा आगो भर्भरायो भने,
ग्यास सकिन सक्छ
डाडु पन्यू चाट्यो भने,
माँझ्न सजिलो हुन्छ
साँझ घर बढार्यो भने,
बिहानलाई सजिलो हुन्छ
बच्चाले कुच्चो लगायो भने, मम्मीलाई 'हेल्प'
हुन्छ।
नङ फुल्यो भने, पालिस किन्नुपर्छ
कपाल फुल्यो भने,
'हाइलाइट' गर्नुपर्छ
लोग्ने मान्छे रोयो भने,
मन हल्का हुन्छ
स्वास्नीमान्छे हाँस्यो भने,
झन् हल्का हुन्छ।
हात चिलायो भने,
साबुन पानीले धोइहाल्नुपर्छ
रित्तो गाग्रो देखियो भने,
खानेपानीमा फोन गरिदिनुपर्छ
यात्रामा 'दर्जी दाइ' देखिए भने,
अस्तिको पैसा दिएर
जानुपर्छ
बाटामा 'विश्वकर्मा भाइ' भेटिए भने, साथै
लिएर
हिँड्नुपर्छ
दलितहरू मन्दिर पस भने,
पुजारीको आम्दानी बढ्छ
'पुजारी'हरू दलितकहाँ बसे भने, चिया खर्च घट्छ
बाहुनले बंगुर खायो भने,
बंगुरजस्तै मोटाउँछ
अन्धविश्वासको पछि लाग्यो भने,
लंगुरजस्तै दुब्लाउँछ।
No comments:
Post a Comment