Total Pageviews

Tuesday, June 4, 2013

श्रीलंकाको नाइट क्लबबाट ११ नेपाली महिला पक्राउ..

श्रीलंकाको एउटा नाइट क्लबबाट ११ नेपाली महिला पक्राउ परेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनीहरुलाई पर्यटक भिसाका शर्त उल्लङ्घन गरेको आरोप लगाइएको बताइएको छ। बम्बालापिटियास्थित नाइट क्लबमा काम गर्ने ती नेपालीहरुलाई अध्यागमन अधिकारीहरुसमक्ष सुम्पिएको समाचारमा जनाइएको छ। श्रीलंकाले गत वर्
षदेखि कडा भिसा नीति अख्तियार गरेको छ। त्यहाँ अब सिंगापुर र माल्दिभ्सका पासपोर्ट बोक्नेहरुलाई मात्र अन अराइभल भिसा दिने गरिन्छ। पर्यटकीय भिसा लिएर व्यावसायिक गतिविधिमा संलग्न भएको देखिए कारबाही गर्ने गरिन्छ। पक्राउ परेका नेपाली महिलाहरुको बारेमा थप कुनै जानकारी पाउन सकिएको छैन।

No comments:

Post a Comment