३ असार, काठमाण्डौ । पूर्व युवराज पारसकी
पत्नी हिमानी शाहप्रति साहनुभूति राख्ने धेरै छन् । हिमानी र पारसवीचको
खटपटका उनीहरुको सम्बन्धबारे धेरैलाई चासो पनि छ ।
पारस
बैंककमा बेहोस अबस्थामा रहँदा हिमानीले आफनो फेसबुक पेजमा पोष्ट गरेको
एउटा तस्वीरमा पनि उनका प्रसंसक र सुभेच्छुकको न्यानो माया देख्न सकिन्छ ।
पारसले हात समातेर डोर्याइरहेको तस्वीर
फेसबुकमा फोष्ट गर्दै लेखेकी छिन-’सुख र दुःख संगै अगाडी बढ्छ र जीवन पुरा
हुन्छ । म बिरामी हुँदाको एक झलक’
सो तस्वीरलाई २२ हजार १ सय ८७ जनाले मन
पराएका छन भने ९ सय जनाले आफ्नो प्रतिक्रिया दिएका छन् । तस्वीरलाई बर्णन
गर्दै फेसबुक फ्यानहरुले दिएका घतलाग्दा प्रतिक्रिया सोमबारको नयाँ पत्रिका
दैनिकले छापेको छ ।
तस्वीरसँग भाव मिल्ने गीतका अंशहरु लेख्दै
धेरै सुभेच्छुकले पारसलाई आफ्नो मान्छे आफ्नै हुन्छ भन्दै हिमानीलाई ख्याल
गर्न पारसलाई आग्रह गरेका छन् । अबको जीवन सुखमय होस भन्दै सवैजसो
टिप्पणीकर्ताले पारस र हिमानीलाई शुभकामना दिएका छन् ।
No comments:
Post a Comment