फेसबुकका संस्थापक मार्क जुकरबर्ग विरुद्ध नक्कली फेसबुक पेज बनाएर अपमानित
गर्न खोजिएको भन्दै भारतीय अदालतमा रिट दायर भएको छ । भारत निवासी प्रदीप
मनुकोंडाले उनको फर्जी फेसबुक पेज बनाई फोटोमाथी खेलवाड गरेर चरित्रहत्या
गर्न खोजेको आरोप लगाएका छन् ।
मनुकोंडाले उनको फर्जी फेसबुक पेज बनाएर उनलाई अन्तर्राष्ट्रिय आतंकवादी
संगठन अलकायदाको सदस्य भएको भनी प्रोफाइल तयारगरी जुकरबर्गले गम्भीर अपराध
गरेको दाबी गरेका छन् ।
मनुकोंडाले अदालतमा पेश गरेको रिटमा जुकरबर्गको उक्त हरकत रोकेर आफ्नो
चरित्रहत्या गर्ने कार्य रोक्न आदेश दिन माग गरेका छन् । यस मुद्दामा आगामी
हप्ता सुनुवाई हुने जनाइएको छ ।
समाचारका अनुसार मनुकोंडा तिनै व्यक्ति हुन्, जसमाथी जुकरबर्गले आफूलाई
अत्यधिक म्यासेज पठाएर सताएको आरोप लगाएका थिए । यस विषयमा जुकरबर्गले
गतवर्षको फेब्रवरीमा रिट समेत दायर गरेका थिए । रिटमा जुकरबर्गले
मनुकोंडाबाट आफूलाई ज्यानको खतरा भएको आरोप लगाएका थिए । जसका कारण
मनुकोंडाले भारत फिर्ता हुनु परेको थियो ।
No comments:
Post a Comment