हाँ विश्वका प्रहरीले प्रयोग गर्ने केहि शानदार कार प्रस्तुत गरिएको छ ।
फ्रान्सिसी प्रहरीको प्याजो स्पोर्ट जीटीप्रहरी दुनियाभरका लागि आफ्नो तेज रफ्तारमा गर्ने कार्यसम्पादन र फुर्तीका लागि परिचित छ । त्यहाको प्रहरी प्योजो स्पोर्ट जीटी कार प्रयोग गर्छन् । जर्मन पुलिस कार -बार्बस सीएलएस रकेट
जर्मन प्रहरीले प्रयोग गर्ने कार हो, बार्बस सीएलएस रकेट ।
यसको लुक्स मात्र आकर्षक छैन, इन्जिन क्षमता पनि उत्तिकै दमदार छ । यस कारमा सीएलएस वि१२ ट्वीन इन्जिनको प्रयोग गरिएको छ । जसले कारलाई ७ सय ३० हर्स पावरको क्षमता प्रदान गर्छ । यो कार २ सय २५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडन्छ ।
मिशीगन पुलिसको केडिलेक
यो हो केडिलेकको सीटीएस वि । यस कारको प्रयोग मिशीगनको प्रहरीले गर्छ । खतरनाक अपरेशनको दौरान यो कारको प्रयोग वढी हुने गरेको छ ।
टेक्सास प्रहरीको कमारो
अमेरिकाको टेक्सास प्रहरीले स्पोर्ट कार कमारो एसएस प्रयोग गर्ने गरेका छन् । उत्कृष्ट गतिमा दौडने यस कार आधुनिक ग्याजेटको पनि प्रयोग गरिएको छ ।
फ्लोरिडा प्रहरीको डज च्यालेन्जर
फ्लोरिडाको प्रहरी डज च्यालेन्जर कार प्रयोग गर्छन् ।
जापानी प्रहरीको होन्डा एनएक्सएस
जापन आफ्नो प्रविधिका लागि विश्वमै विख्यात छ । जापनी प्रहरीले होन्डको शानदार कार एनएक्सएस प्रयोग गर्छन् । यस कार मूख्यगरी हाइवेमा पेट्रोलिङका लागि प्रयोग गरिन्छ ।
आबुधावी प्रहरीको निसान जीटीआर
आबुधावी प्रहरी अपराधी पक्राउका लागि जापानी कार निर्माता कम्पनी निशानको स्पोर्ट कार जीटीआर प्रयोग गर्छन् । यो कारण भारतिय क्रिकेट टिममा मास्टर ब्लास्टर सचिन तेन्दुलकरस“ग पनि छ ।
जर्मनी प्रहरीको कार पोर्शे ९११ करेरा
जर्मन प्रहरी दस्ताले पोर्शेको उत्कृष्ट स्पोर्ट कार ९११ करेरा प्रयोग गर्छन् । ।
नेदरल्यान्ड प्रहरीको स्पाइकर सी८
नेदरल्यान्ड प्रहरी स्पाइकर सी८ स्पोर्ट कार प्रयोग गर्छन् ।
भारतिय प्रहरीको महिन्द्रा जीप
छिमेकी मुलुक भारतका प्रहरीले त्यही वनेको गाडी महिन्द्र जीप प्रयोग गर्छन् । यद्यपी पछिल्लो समय महिन्द्रको स्थान बोलेरो, टवेरा आदिले लिएको छ ।










No comments:
Post a Comment