पप गायकका सम्राट भनेर चिनिने माईकल ज्याकसनकी १५ वर्षिय छोरी परिस
ज्याकसनले आत्महत्याको प्रयास गरेकी छिन् ।अमेरिकाको वाल स्टिट्र जर्नलले
जनाएअनुसार बुधवार राति स्थानीय समयअनुसार १:३० बजे उनले आत्महत्याको
प्रयास गरेकी हुन् । किचनमा प्रयोग हुने चक्कुको सहायताले उनले आफ्नो एउटा
हत्केला काटेकी छन् । परिसको अहिले लस एन्जसल्स हस्पिटलमा उपचार भइरहेको छ
। राती १ बजेर २७ मिनेट जाँदा ज्याकसनका छिमेकीहरुले प्रहरीको आक्समिक
सेवा ९११ मा फोन गरी घटनाको जानकारी दिएका थिए ।घरपरिवारले मन्सुन कन्सर्टमा जान नदिएको कारण गर्दा नै उनले आत्महत्याको प्रयास गरेको बताइएको छ । आत्महत्या गर्नुअगाडी उनले आफ्नो ट्विटर यसरी अपडेट गरेकी थिइन् ।सन् २००९ मा यो संसारबाट बिदा भएका पप सम्राट ज्याकसनलाई अन्तिम श्रद्धान्जली दिँदा छोरी परिसले आफ्नो बाबु कल्पना गरेको भन्दा पनि राम्रो पिता भएको कुरा बताएकी थिइन् ।दुइ दिन अगाडी उनले आफुले कसरी मेकअप गरेको भिडियो समेत सामाजिक संजालमा आपलोड गरेकी थिईन
No comments:
Post a Comment