Total Pageviews

Sunday, June 16, 2013

मौन बिद्यार्थीसँग नम्रताको जन्मदिन

नायिका नम्रता श्रेष्ठले सुन्न र बोल्न नसक्ने बिद्यार्थीहरुसँग आफ्नो २७ औं जन्मदिन मनाएकी छिन् ।
शुक्रबार नक्सालस्थित केन्द्रीय बहिरा माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा उनले जन्मदिनको केक काट्दै सांकेतिक भाषामा कुरा गर्ने बिद्यार्थीसँग मनाइन् । उनले बिद्यार्थीलाई स्टेसनरी सामाग्री पनि बितरण गरिन् । बिद्यालयमा आयोजित कार्यक्रममा उनले अभिनय गरेको चलचित्र ‘मौन’को पोष्टर र प्रोमोसमेत सार्वजनिक गरियो ।
‘फिल्मको कथाबस्तु पनि सुन्न र बोल्न नसक्नेहरुको प्रेममा आधारित भएकाले यही बिद्यालयमा जन्मदिन मनाएँ’ नम्रताले भनिन् ।
फिल्ममा अभिनय गर्नका लागि नम्रताले यही बिद्यालयबाट सांकेतिक भाषासमेत सिकेकी थिइन् । फिल्ममा नम्रता र अभिनेता अर्पण थापा बोल्न नसक्ने भूमिकामा छन् ।
सुरज भुसालको निर्देशनमा बनिरहेको चलचित्र आगामी भदौमा रिलिज हुने बताइएको छ ।

No comments:

Post a Comment