३ असार, काठमाण्डौं । केन्द्रीय कारागारमा
कैंद सजाय भोगिरहेका बिकिनी किलरका नामले कुख्यात चाल्र्स शोभराज
गुरुमुखले जेलभित्रैबाट अन्तर्राष्ट्रिय नियोग गुहार्न थालेका छन् ।
शोभराजले जेलमुक्त हुने उपायका रुपमा आफ्नै हस्तलिखित पत्र विभिन्न नियोगमा
पठाउन खोजेको फेला परेको छ ।
केन्द्रीय कारागार प्रशासनले मानवअधिकार
हनन् गरेको र आफूमाथि ज्यादती भएको आरोप लगाउँदै शोभराजले संयुक्त
राष्ट्रसंघको नेपालस्थित नियोगमा पठाउन तयार पारेको पत्र बरामद भएको छ ।
पाँच पृष्ठ लामो पत्रमा शोभराजले कारागार विभागका प्रमुख शम्भु कोइराला,
फ्रान्सेली राजदूत, मानवअधिकार उच्च आयोगकी इब्राहिम सलमा, फ्रान्सेली वकिल
इसावेल र शकुन्तला थापालाई बोधार्थ गरेको अन्नपूर्ण पोष्टमा खबर छ ।
केन्द्रीय कारागारका भूत आतंक
केन्द्रीय कारागारमा कैदीबन्दीमाझ भूत
आतंक मच्चिएको छ । कैदी टोपबहादुर अग्रेजा -मगर) को गत जेठ २७ गते अचानक
मृत्यु भएपछि भूत आतंक मच्चिएको हो । अघिल्लो दिनसम्म स्वस्थ रहेका शिशिर
भनिने अग्रजा घटनाका दिन बिहान अचानक चिच्याएर बेहोस भएका थिए । तत्काल
अस्पताल लगिएका शिशिरलाई त्यहाँ पुर्याउनासाथ मृत घोषित गरिएको थियो ।
शिशिरको मृत्युपछि राति सुतिरहेका कैदीबन्दीलाई अचानक कसैले घाँटी अठ्याउने
गरेको एक कैदीले बताए ।

No comments:
Post a Comment