जेठ २२ । बेलायतमा एक नेपालि महिलाको बलात्कार पछि हत्या भएको छ ।
बेलायतस्थित रेडिङ सहर नजिक आर्वरफिल्ड निवासी पाँचथर थर्पु– ६ स्थायी घर
भएकी ४० वर्षीया कृष्णमाया माबोको बलात्कारपछि हत्या भएको हो । गत आइतबार
साँझ ६ बजे घरबाट हिंड्डुल गर्न निस्किएकी माबो मध्यरातसम्म पनि नफर्किएपछि
परिवारले स्थानीय प्रहरीलाई खवर गरेको थियो । प्रहरीले तालिमप्राप्त कुकुर
र हेलिकप्टरको सहयोगमा रातभर खोजी गरे पनि सोमबार मात्र घरबाट उनको शव
करिब दुई माइल टाढा रोविन हुड कोप्स्को गहुँबारीमा दिउँसो एक बजेतिर फेला
पारेको जनाइएको छ । उनका श्रीमान ठालुमान माबो ब्रिटिश आर्मीमा १६ वर्ष
जागिर गरेर अवकासपछि हाल आर्मीकै एमपीजिएसमा कार्यरत छन् । उनका अनुसार,
कृष्णमायाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको छ
। थेम्स् भ्याली पुलिसले हत्या आरोपमा तीस वर्षीय एक पुरुषलाई पक्रिएर
अनुसन्धान भइरहेको जनाएपनि विस्तृत केही बताएको छैन् । सन् २००० देखि
बेलायत बस्दै आएकी कृष्णमायाका श्रीमान, एक छोरा र दुई छोरी छन् ।
Total Pageviews
Tuesday, June 4, 2013
बेलायतमा एक नेपालि महिलाको बलात्कार पछि हत्या

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment